यसकारण कांग्रेस नेता महत र तमाङ समातिए (भिडियो सहित)
काठमाडौँ । नेपाली कांग्रेस नेता एवं काठमाडौँ क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदबार रहेका डा प्रकाशरण महत र कांग्रेसकै नेता एवं समानुपातिक उम्मेदवार बहादुरसिंह लामा मतदातालाई प्रभावित गर्दै गर्दा समातिएका छन । भर्खरै टोखा नगरपालिकाको वडा नम्बर ७ मा उनीहरु समातिएका हुन ।
त्यहाँ सुकुम्वासीहरुलाई पैसा बाड्न खोज्दा समातेर प्रहरीलाई बुझाएको वडा नम्बर ७ मा निर्वाचित अध्यक्ष नरोत्तम रानामगरले जानकारी दिए । उनले मौन अबधिको समयमा मतदाता प्रभावित गर्दै गर्दा महत र तमाङलाई रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको आजकोन्युजसँग बताए ।
https://youtu.be/4Q1cYmKcZ8g


