जिल्लाबासीको मत जितेकाले आफू विजयी हुने मन्त्री थापाको दावी

धनकुटा खबर । उद्योग मन्त्री सुनीलबहादुर थापाले धनकुटाको पाख्रिवासमा मतदान गर्नुभएको छ ।

धनकुटाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका थापाले पाख्रिवास नगरपालिका वडा नं. ८ मुगास्थित जागिर गाउँ मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।

मन्त्री थापाले आज विहान ७ बजेर २ मिनेट जादा मतदान गर्नुभएको हो । उहाँले मतदान गरेपछि जिल्लाबासीको मन जितेकाले आफु विजयी हुने दावी गर्नुभयो । उहाँले मतदाताको उत्साह देखेर आफु पनि उत्साहि बनेको प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी प्रतिनिधिसभामा थापाका प्रतिद्धन्द्धी वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले पाख्रिवास नगरपालिका वडा नं. ७ स्थित सरस्वती प्रावि मतदान केन्द्रबाट विहान ७ बजेर २० मिनेट जादा मतदान गर्नु भयो ।

मतदानपछि राईले दोसो संविधानसभामा आफु पराजित भए पनि गत स्थानीय तहको निर्वाचनमा जनताले आफु र आफ्नो पार्टीलाई मतदान गरेकोले आफु विजयी हुने दावी गर्नुभयो ।

त्यसैगरी बरिष्ठ साहित्यकार डा. झमककुमारी घिमिरेले धनकुटा नगरपालिका वडा नं. ६ स्थित बहुउदेश्य सामुदायीक भवन आँखा अस्पताल (क) केन्द्रमा मतदान गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।