रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक, माओवादीका शक्ति बस्नेत भारि मतले अगाडी, सिन्धुपाल्चोक १ मा अग्नि सापकोटाको अग्रता
काठमाडौं । रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् ।

नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।
त्यस्तै जाजरकोटमा प्रतिनिधिसभा सदस्यको पनि प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन्।
बस्नेतले ६१३ मत पाउँदा कांग्रेसका राजिबविक्रम शाहले ४३४ मत पाएका छन्। प्रदेशसभामा भने कांग्रेसले अग्रता लिएको छ। ७५१ मत गन्दा प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार दीपकजंग शाहले ३५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका करवीर शाहीले २८७ मत पाएका छन्। नेकपा मालेले २६ र नयाँ शक्तिका उम्मेदवारले २ मत ल्याउँदा ८२ मत बदर भएको छ।


