भोजपुर, मनाङ, गोर्खा साथै अन्य जिल्लाको मत अपडेट : एमालेको भारि मतले अग्रता, स्वतन्त्र उम्मेदवार दीपक मनाङेको कति ? यस्तो छ ताजा मतपरिणाम अपडेट

मनाङ, २१ मंसिर । हिमाल पारिको जिल्ला मनाङको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ ।प्राप्त मतपरिणाम अनुसार, प्रतिनिधिसभा तथा प्रदेशसभामा नेकपा एमालेले अग्रता लिइरहेको छ । यसैगरी, स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे (राजीव)ले काँग्रेसका उम्मेदवार कर्मा गुरुङलाई पछि पार्नु भएको छ ।

त्यस्तै पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ । उम्मेदवारका तर्फबाट एक एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो । अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र र नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ मतदान केन्द्रको मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ४२ हजार ८४१ मतदाताले मतदान गरेका थिए ।

गोरखा– पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अहिले साँझ ६ बजेदेखि शुरु गरिएको छ । क्षेत्र नं १ को महिला तथा बालबालिका कार्यालय र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना शुरु गरिएको हो ।

क्षेत्र नं २ मा रहेका गोरखा नगरपालिकाको ८ देखि १३ नं वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाको मतपत्र एकै ठाउँमा मिलाएर गणना अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताउनुभयो ।

यस्तै क्षेत्र नं १ का गोरखा नगरपालिका १ देखि ७ नं वडा, गण्डकी, शहीद लखन, भीमसेन, धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाका मतपत्र एकै ठाउँमा राखेर गणना गरिएको छ । यस्तै प्रदेशसभाको पनि प्रत्यक्षतर्फ मतगणना अघि बढाउने तयारी गरिएको छ । एक एक घण्टामा मत परिणाम सार्वजनिक गरिने बताइएको छ ।

हेर्नुस्, मतपरिणाम

गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार

हरि अधिकारी माअोवादी केन्द्र- ३५१

चीनकाजी श्रेष्ठ, नेपाली कांग्रेस- ३३०

८०३ मत गन्दा ७२ मत बदर

भाेजपुर प्रदेश सभा १ अपडेट

राजेन्द्र राई, नेकपा एमाले- ३७२

अजम्बर काङमाङ, संघीय समाजवादी फाेरम- ३४९

भोजपुर प्रतिनिधिसभा अपडेट

उमेशजंग रायमाझी कांग्रेस- ५९७

सुदन किराँती माअोवादी केन्द्र- ५१३

भोजपुरको प्रदेशसभा ख को अपडेट

शेरधन राई एमाले-४६७

गोविन्द कार्की नेपाली कांग्रेस-२७१

प्रतिनिधिसभा
१. पोल्देनप्रदेश–ख छोपाङ गुरुङ (एमाले) २४९ (अगाडि)

२. टेकबहादुर गुरुङ (कांग्रेस) १६४

प्रदेश–क
१. धोर्जे डण्डुल गुरुङ (एमाले) २१६ (अगाडि)

२. चिन्तबहादुर घले (कांग्रेस) ११० .

प्रदेश – ख

१. कर्म गुरुङ (कांग्रेस) १०५

२. राजीव गुरुङ (स्वतन्त्र) १६६ (अगाडि)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।