रुकुममा जनार्दन शर्मालाई भारी मतको अग्रता, जाजरकोटमा बामगठबन्धन अगाडी
काठमाण्डौ, २१ मंसिर । रुकुम पश्चिममा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले ठूलो अन्तरको अग्रता लिएका छन् । प्रारम्भिक अपडेट अनुसार माओवादी केन्द्रका जनार्दन शर्माले१९०० मत प्रप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेपाल्कां ग्रेसका गोपाल शाहे ४७० मत प्राप्त गरेका छन् ।
यता, जाजरकोट प्रदेश क वाट पनि प्रारम्भिक मतपरिणाम आएको छ । त्यहां पनि बामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एमालेका करवीर शाहीले १००२ मत प्राप्त गरेका छन् भने न नेपाली कांग्रेस दीपकजंग शाहले ७३३ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश ख तर्फ पनि बामगठबन्धनका तर्फवाट उममेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेशप्रसाद सिंहले ७८३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका , बेदराज सिंहले ४६६ मत प्राप्त गरेका छन् ।
मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका मतगणना सुरु भएको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएका थिए । ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् ।


