बैतडीमा प्रारम्भिक नतिजा सार्वजनिक, वाम गठबन्धन अगाडि

बैतडी, मंसिर २१ । बैतडीमा मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना बिहीबार साँझ ५ बजेदेखि सुरु भएको छ ।

प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमा प्रतिनिधिसभातर्फ १३७६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ६५९ र नेपाली कांग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘क’मा ९४८ मतगणना हुँदा कांग्रेसका हरिमोहन भण्डारी ४११ र माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेशसभा ‘ख’मा १३०५ मतगणना हुँदा नेकपा एमालेका लिलाधर भट्ट ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गरेको जनाइएको छ ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेका बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।