चितवनमा शुक्रबार बिहान ९ बजेपछि मतगणना हुने

चितवन, मंसिर २१ । चितवनमा शुक्रबार (भोलि) बिहान ९ बजेपछि मतगणना हुने भएको छ ।

बिहीबार साँझ बसेको सर्वदलीय बैठकले शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना सुरु गर्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । मतगणना भरतपुरस्थित चितवन उच्च माविमा हुने जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक मतगणना हुने पनि जनाइएको छ ।

चितवनमा शुक्रबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जिल्लामा करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।

मतगणनास्थल चितवन उच्च माविमा अहिले मतपेटिका ल्याउनेक्रम जारी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।