एमालेले खाता खोल्यो !, पाल्देन छोपाङ गुरुङ विजयी…
मनाङ प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनले अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

एमालेको तर्फबाट उम्मेदवार बनेका पाल्देन छोपाङ गुरुङ विजयी भएका हुन् । गुरुङ मनाङको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यद्यपी घोषणा हुन बाँकी रहेको छ ।


