३७ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक, हेर्नुस् को-कहाँ अगाडि ? यस्तो छ ताजा मतपरिणाम…

काठमाडौं । पहिलो चरण मंसिर १० गते चुनाव भएका ३२ जिल्ला ३७ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका ३७ मध्ये १९ सिटमा एमाले उम्मेदवारले अग्रता लिएका छन्। वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रका १२ उम्मेदवार अगाडि छन्। कांग्रेस उम्मेदवार पाँच ठाउँमा अगाडि छन्। हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

पहिलो चरणमा मंसिर १० गते भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभाअन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । बिहीबार दोस्रो चरणमा भएको निर्वाचनको पनि मतपेटिका स‌ंकलनपछि गणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

यी हुन् एमालेले अग्रता लिएका क्षेत्र
१.जुम्ला
२. मुगु
३. डोल्पा
४. दार्चुला
५. मुस्ताङ
६. म्याग्दी
७. बाग्लुङ १
८. मनाङ
९.नुवाकोट–२
१०‍. धादिङ–१
११ धादिङ –२
१२. दोलखा
१३. सोलुखुम्बु
१४. ओखलढुङ्गा
१५. भोजपुर
१६. ताप्लेजुङ
१७ . पाँचथर
१८. खोटाङ
१९. सिन्धुपाल्चोक २

माओवादी केन्द्रले अग्रता लिएका क्षेत्र
१. रोल्पा
२. बाग्लुङ २
३. गोरखा १
४. गोरखा २
५. कालिकोट
६. जाजरकोट
७. रुकुम (पश्चिम)
८.सिन्धुपाल्चोक- १
९. रामेछाप
१०. लमजुङ
११.रुकुम पूर्व
१२. बैतडी

कांग्रेसले अग्रता लिएका क्षेत्र
१. बझाङ
२. बाजुरा
३. नुवाकोट–१
४. रसुवा
५. संखुवासभा

– सेतो पाटीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।