रवीन्द्र मिश्रले भने,- चुनाब हारे पनि “यो देश बनाएरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो” – हेर्नुहोस् भिडियो
विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले राति नै फोन गरेर बधाई तथा शुभकामना दिएको छु।
https://youtu.be/G7j_SMHuFsI


