‘मोष्ट वान्टेड’ सूचीमा रहेका चौधरी भन्छन्,– “जनताले सिंहदरबारको ढोका खोलिदिए, प्रहरी भन्छ – समात्छौं “

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका उमेदवार रेशमलाल चौधरीले अप्रत्याशित रुपमा अग्रता बढाउँदै लगेका छन् । प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका चौधरीविरुद्ध स्थानीय प्रशासनले टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो । त्यो घटनाको मुख्य योजनाकारको रुपमा उनलाई सरकारी पक्षले भन्दै आएको छ । तर, घटना भइरहेकै बेला फरार भएका थिए ।

घटनापछि विभिन्न व्यक्तिहरु पक्राउ परे पनि उनी अझै समातिन सकेका छैनन् । रेशमले टिकापुर घटनामा आफुलाई लगाएको आरोप निराधार रहेको बताउदै आएका छन । चाखलाग्दो कुरा त रेशमले टीकापुर घटनामा सम्पत्ति क्षति भएको भन्दै राहतस्वरुप राज्यबाट करोड ७३ लाख रकम सरकारबाट क्षतिपूर्ति बुझेका छन् ।

चाैधरीको अग्रताले उनी जिततर्फ उन्मुख भइरहेको देखिन्छ । अधिकांश थारु समुदायका मानिसहरु २६ महिनादेखि पुर्पक्षका लागि जेलमा छन् । उनीहरु रेशमले जितेमा छुट्ने आशामा धेरैले रेशमलाई समथर्न गर्दै भोट दिएको मत परिणामले बताइरहेको छ । रेशमले जितेमा के होला ? उनी संसदमा जालान् कि नजालान् ? प्रहरीले उनलाई पक्राउ गर्ला कि नगर्ला भने चोक चोकमा चर्चा परिचर्चा हुन थालेको छ ।

उम्मेदवारबिनाको प्रचार र राति राति लुकीछिपी गरिएको प्रचारले प्रतिस्पर्धीभन्दा बढी मत पाइरहेका रेशम प्रहरीको खोजीको सूचीमा छन् । २७ महिनादेखि फरार रहेका उनी अहिले पनि धनगढी आसपासकै स्थानमा रहेका छन् । चुनावी मत परिणाम उनले तुरुन्तै पाइरहेका छन् र उनले त्यसलाई आफ्नो फेसबुकमा पनि अपलोड गरिरहेका छन् ।

उनले कैलालीका विभिन्न सञ्चारकर्मीहरुलाई फोन सम्पर्क गरी मतपेटिकाको सुरक्षा र सही मत परिणाम होस् भन्नका लागि खबरदारी गरिदिन पनि आग्रह गर्दै आएका छन् । आफूलाई जनताले सिंहदरबारको ढोका खोलिदिएको दाबी गर्दै उनले आफूलाई रोक्नु भनेको जनमतको कदर नगर्नु हो भनेका छन् ।

रेशमले चुनाव जितेमा के गर्ने भनेर नै प्रहरी प्रशासन अन्योल छ । उनलाई देखेमा पक्राउ गर्ने कैलाली प्रहरीले बताएको छ । स्थानीय प्रशासनले भने अवस्थाअनुसार अगाडि बढ्ने संकेत गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले रेशमले चुनाव जितेपछि पक्राउ गर्ने नगर्ने विषयमा पछि नै अवस्थाअनुसार थाहा हुने वताए ।

तर, कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने चुनाव जिते पनि प्रहरीको नजरमा सबै समान हुने भएकोले रेशमलाई पक्राउ गरिने बताए ।यो खबर सिताराम ओझाले बाह्रखरीमा लेखेका हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।