प्रचण्ड भन्छन,- मलाई प्रधानमन्त्री बन्ने मोह छैन – हेर्नुहोस् भिडियो

काठमाडौ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनलाई नेपाली जनताले ऐतिहासिक रुपमा अनुमोदन गरेको भनी मतदाताप्रति आभार प्रकट गर्नुभएको छ ।

नेता दाहालले आज सन्देशमार्फत संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग शुरु भएको बताउनुभएको हो ।

उहाँले सन्देशमा भन्नुभएको छ “वाम गठबन्धनको विजय सँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युग शुरु भएको छ । यस ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ ।”

उहाँले अहिलेको विजयलाई गठबन्धनले परीक्षा र जिम्मेवारीका रुपमा लिने र संयमपूर्वक राष्ट्रिय समृद्धिका लागि थप क्रियाशील हुने जनाउँदै सोहीअनुसार अगाडि बढ्न वामपन्थी नेता, कार्यकर्ता र जनतालाई आग्रह गर्नुभएको छ ।

उहाँले निर्वाचन सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि धन्यवाद दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत दाहालले भन्नुभयो, “अब सरकारबाट संविधानको मर्मअनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु ।”

नवनिर्वाचित सांसद दाहालले आफू र आफ्नो पार्टीमाथि विश्वास गर्ने चितवन क्षेत्र नं ३ का सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विनाभेदभाव चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक समृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।

अध्यक्ष दाहाल काँग्रेससहितको राप्रपा(प्रजातिन्त्रक) गठबन्धनका नेता विक्रम पाण्डेलाई नौ हजार ३४१ मतले पराजित गर्दै विजयी हुनुभएको हो । अध्यक्ष दाहालले ४८ हजार २७६ मत प्राप्त गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।