भ्रष्ट कर्मचारी र नपढाउने शिक्षकलाई ताप्लेजुंग छोड्न नवनिर्वाचित सांसद योगेश भट्टराईको चेतावनी
फिदिम,२५ मंसिर । निर्वाचनमा बिजय पाएलगत्तै एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने कर्मचारी र विद्यालयमा नपढाउने शिक्षकलाई ताप्लेजुङमा नबस्न चेतावनी दिएका छन् ।
ताप्लेजुंगबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संवाददाताहरुसँग कुरा गर्दै सांसद भट्टराईले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’ उनले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाभरीका कर्मचारीको भेला बोलाउन भनेको र आफूले यही कुरा सुनाउन चाहेको बताए । ‘पैसा कमाउन भए अन्तै जानुहोस् यहाँ पाइँदै पाइँदैन,’ उनले भने, ‘यहाँ आउने र बस्नेले सरकारले दिएको सेवा सुविधामा रहेर जनताको काम गर्नुपर्छ ।’ जनताले दिएको विश्वास ग्रहणका लागि सुशासन र पारदर्शिता आवश्यक रहेको बताउँदै उनले त्यो काम आफ्नै जिल्लावाट सुरु गर्ने दावी पनि गरे ।
भट्टराईले बिद्यालय नजाने, नपढाउने शिक्षकलाई क्षम्य नहुने बताए । जिल्लाका कुनैपनि सार्वजनिक विद्यालयका बिद्यार्थी फेल हुन नहुनेमा उनको जोड थियो। नपढाउने, विद्यालय नजाने शिक्षकलाई चेतावनी दिँदै भट्टराईले भने, ‘शिक्षकले बिद्यालयमा ध्यान दिनुपर्छ किनकि भविष्य त्यहाँ छ । नपढाउने शिक्षक आफ्नो संगठनका लागि पनि आवश्यक नरहेको उनले बताए । भट्टराईले भने, ‘पढाउँदै नपढाउने मास्टरको संगठनलाई किन भोट दिने भन्छन् जनताले, त्यसैले संगठन बढाउने भए पढाउनुपर्छ ।’
आफ्नो कार्यकालमा हरेक बिद्यालयमा छात्राका लागि शौचालय निर्माण गर्ने योजना भट्टराईको छ । ‘मैले तथ्यांक हेरेको छु, सबैभन्दा बढी छात्राहरुले बिद्यालय छोडेका छन् । त्यसको कारण भनेको महिलामैत्री शौचालय हो, त्यसलाई सुधार गर्नुपर्छ ।’ आफूले चुनावी अभियानमा बिद्यार्थीलाइ सुँगुर, बाख्राको खोरमा थुनेर राखेजस्तो एकै ठाउँ कोचेर राखेको देखेको सुनाउँदै त्यसमा सुधार गर्ने बताए ।
भट्टराईले एनजिओ आईएनजिओलाई पनि थर्काएका छन् । उनले जिल्लामा उनीहरुले अब तालिम गोष्ठी गरेर पैसा खर्च गर्न पाउने छैनन् । पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने छ । तालिम गोष्ठीका नाममा खाममा पैसा हालेर दिने अनि प्रगति प्रतिवेदन तयार गर्ने कुरा मान्य नहुने बताउँदै उनले थपे, ‘अबको काम देखिने हुनुपर्छ’ । भट्टराईले भने


