हारमा निराश बन्ने व्यक्ति कांग्रेस हुन सक्दैन : विश्वप्रकाश

काठमाडौं । असन्न प्रतिनिधि तथा प्रदेश सभामा नराम्रोसँग हार व्यहोरेको कांग्रेसका कार्यकर्ता यतिबेला निराश छन् । तर, युवा नेताहरु भने निराशामा आशा बनेर उदाइरहेका छन् ।

कांग्रेस युवा नेता विश्व प्रकाश शर्माले हारमा निराश बन्ने व्यक्ति कांग्रेस हुन नसक्ने बताएका छन् । मंगलबार मतदातालाई अभार प्रकट गर्न झापाको धुलाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जंगलबाट माओवादीलाई शहर र अहिंसाको बाटोमा कांग्रेसले ल्याएको बताउदै भने,‘तर सो कुरा पनि कांग्रेसले जनतालाई बुझाउन सकेन । कांग्रेसले मधेश र देशलाई विश्वासमा लिदै स्थानीय तहको निर्वचन सम्पन्न गरायो तर हामीले जनतालाई वुझाउन सकेनौ त्यसैले कांग्रेसले हार्‍यो ।’

उनले कांग्रेस सभापति शेरवहादुर देउवा, रामचन्द्र पौडेल र अन्य नेतबाट थुप्रै कमजोरि भएको बताए । ‘चाहे आइजिपी प्रकरण होस वा प्रधानन्यायाधीश प्रकरण कांगेसबाट थुप्रै गल्ती भएका छन् । मैले भन्ने गरेको छु देशमा परिवर्तन गर्नका लागि राजनीतिमा परिवर्तनको जरुरी छ । राजनीतिमा परिवर्तनको लागि हाम्रै कांग्रेसमा परिवर्तनको जरुरी छ ।’

उनले कांग्रेसले आफ्नो एजेण्डा जनता माझ बुझाउन नसकेको भन्दै भने,‘एउटा कुरा नविर्सौ यदि शेरवाहादुर देउवा कम्युनिष्ट पार्टीका अध्यक्ष भएको भए उनका कार्यकर्ताले देश भरि, रहे कांग्रेसहरु हो हाम्रो पर्टी सभापतिले बोलेको बुझिएन भन्छौ तिमीले आज बोल्न पाउने अधिकारका लागि दर्जनौ वर्ष जेल बस्दै गर्दा उनको जिब्रोमा करेन्ट लगाइएको थियो’

उनले माओवादी र एमालेको गठबन्धन भएसँगै देशमा कांग्रेस उपविजेता भएको बताए । कांग्रेसले धाधली गरेको भन्दै मतदान गणना बहिष्कार पनि नगरेको बताए । उनले कांग्रेसले माओवादी र एमाले गठबन्धनको अन्तर्विरोधको बिषय पनि जनतामा लान नसकेको बताए ।

कांग्रेस कार्यकर्ता निराश हुन नहुने भन्दै उनले भने,‘कांग्रेस फुटबलको टिम हारेको जस्तो हुनु हदैन । विपि कोइरालासँग सपना थियो तर उहाँले काम गर्ने समय पाउनु भएन । हामीसँग प्रशस्त समय छ तर हामिसँग सपना छैन ।अब हामि कांग्रेस बनाउन लाग्नैपर्छ,’ उनले भने, ‘कांग्रेस सकियो भनेर कसैले भन्दै छ भने होसियार राजा महेन्द्र र माओवादीले पालै पिलो गर्दन छानि छानि मार्दा समाप्त नभएको कांग्रेस जाबो एउटा निर्वाचन हर्दा समाप्त हुदैन कांग्रेस नयाँ ढंगले नयाँ जागरका साथ आउने छ ।’ – दियोपोस्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖