रविको आक्रोश : आइफोन र आइप्याड मात्र ल्याउने हो भने नेताज्यु तपाई विदेश नजानुस् – हेर्नुहोस् भिडियो

काठमाडौं । निर्वाचनका अन्तिम परिणाम आउने क्रममा छ र जनताले चुनेका व्यत्तिहरुको सरकार पनि चाँडै बन्ने छ । केही बेर विगतको समीक्षा गरौँ, जस्ले भविष्यलाई सहयोग पु¥यायोस । विकास र समृद्वीको सुगा रटाइ गर्नुपुर्व संसारका सफल लिडरको कार्यक्षमता र परिवर्तनको व्यग्र चाहान बारे कुरा गरौं ।

क्षेत्रफलका हिसाबले, हाम्रो मुलुक विकास गर्न युगौँ कुर्नु पर्दैन । सहि प्लानिङ र भिजनका साथमा गरेरै छाड्ने प्रतिबद्व मन्त्रीमण्डल बन्यो र अब बन्ने प्रधानमन्त्रीले चाहे भने आँखै अगाडी मुलुक विकसित भएको देख्न सकिन्छ । अब, विदेश जाँदा श्रीमातीको सपिङ लिष्ट बोकेर सुटकेश भरी गरगहना लुगाफाटा बोकेर आउने होइन आँफु गएको देशको विकाशको मोडल र त्यस देशका विज्ञ प्लानरहरुलाई आँफुसँग प्लेन चडाएर ल्याउनु जरुरी छ ।

दुबईका राजा, राजकुमार अमेरीका गए त्यहाँ भएको बाटो घाटो र रोड सिष्टम देखेर प्रभावीत भए र त्यहाँका व्यक्तीलाई कन्सल्टेन्टका रुपमा महगाें पैसा तिरेर ल्याए । आज हेर्नुस त्यहाका बाटोघाटो कस्ता छन् ?

चाइना, जापान, कोरीया, रुस, सिंगापुर, मलेशिया सारा देशका राजनीतिज्ञहरु जबजब अर्को देशमा जान्छन् तब तब आँफु गएको देशको राम्रा कुरा सिकेर र कपि गरेर आफ्नो देशमा ल्याउँछन् । आइडिया सँगै त्यस देशका निर्माण कम्पनी र डिजाइनर दिग्गजहरु समेत झिकाउँछन र त्यो भन्दा राम्रो संरचनाहरु बनाउँछन् ।

कसैले स्कुल कलेज, युनिभर्सिटी कपी गरेका छन्, कसैले मेट्रो रेल लगाएतका पब्लिक ट्रान्सर्पोटेसन सिस्टम कपी गरेका छन् । कसैले आर्थिक निति ल्याएका छन्, कसैले राजमार्ग, टनेल ल्याएका छन्, कसैले सिँचाइ र जलविद्युतको नयाँ नयाँ मोडेल ल्याएका छन्, कसैले टुरीजम डेभलप्मेन्टका युनीक युनीक आइडीया ल्याएका छन् ।

देश त हाम्रा नेताहरु पनि जान्छन् । सायद अरु देशका नेताहरु भन्दा बढि नै जान्छन्, तर ल्याउँछन् के थाहा छ ? त्यहाँ बस्ने नेपालीले दिएको मोवाइल सेट, ल्याप्टप, चश्मा, घडी आदी आदी । एरर्पोर्ट पुगे देखी एरर्पोटबाट नउडे सम्म आ आफ्ना पार्टीका भातृसंगठनका कार्यकतासँगको भ्याइनभ्याइ भेटघाट र यसो एक दुइ दिन आँफु गएको देशका छुटाउनै नुहने पर्यटकीय स्थलमा फोटो खिच्ने कामले लखतरान नेताज्युलाई विदेश बस्ने धनीमानी नेपालीहरुको घरमा डिनर खाने डेट मिलाउन नसकेरै टाउको दुखेको हुन्छ ।

कहाँको रेल, मेट्रो, टेक्नोलोजी, टुरीजम, हाइवे, टनेल, सिष्टम । विश्वास नलागे फर्केर आउँदा नेताज्युहरुको सुटकेश चेक गरि हेर्नुहोला । अब पनि संसारका विकसित देशमा हप्ता दश दिन बसेर आइफोन र आइप्याड मात्र ल्याउन हो भने नेताज्यु तपाई विदेश नजानुस । तपाईका लागि लेटेस्ट भर्सनका फोनहरु यतै बसेर मगाउन सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।