करिश्मा मानन्धरको सांसद बन्ने सपना अधुरो !, सांसद बन्न नपाएपछि तोडिन बाबुरामसँगको सम्बन्ध !

काठमाडौं । नयाँ शक्ति नेपालकी नेतृ एवम् नायिका करिश्मा मानन्धरको सांसद बन्ने सपना अधुरो रहने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (११) र (१२) मा थ्रेसहोल्डको व्यवस्था गरिएको कारण मानन्धरको सपाना साकार नहुने भएको हो ।

उक्त संवैधानिक प्रावधानमा निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय मान्यता नदिने उल्लेख छ । यसै संवैधानीक व्यवस्थाका कारण नायिका मानन्धर संलग्न दल नयाँ शक्ति नेपाल राष्ट्रिय पार्टी नबन्ने लगभग पक्का भएको छ ।

प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकोले करिश्मा मानन्धरले सांसद बन्नको लागि गरेको कसरत असफल बनेको छ । नयाँ शक्तिले बुझाएको समानुपातिकतर्फको बन्द सूचिमा उनको नाम पहिलो नम्बरमा छ ।

प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । उनको जितले प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई पार गरेपछि समानुपातिक तर्फ ३ प्रतिशत मत नआउँने देखिएकाले पनि करिश्मा सांसद नबन्ने भएकी हुन ।

बाबुरामको जितसँगै हौसियकी नायिका मानन्धर पछिल्लो समय सांसद बन्नको लागि गृहकार्य थालिसकेकी थिईन । आफू संलग्न पार्टीले नै थ्रेस होल्ड पार गर्न नसकेपछि उनको सपना अधूरो नै रहने पक्का भएको छ । सांसद बन्न नपाएपछि उनले अब बाबुरामसँगको सहकार्य तोड्ने समेत तयारी गरेको स्रोतको दाबी रहेको रिपोर्टर्स क्लबमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।