प्रदेश नम्बर १ को राजधानी : पूर्बाञ्चल विश्वविद्यालय ?

झापा | प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयले प्रदेशसभा सचिबालय रहने सम्भाब्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकार समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी बिकास मन्त्रालयले सातै प्रदेशको कार्यलय राख्ने ठाँउको पहिचान गरेको छ ।

बिज्ञ समितिले प्रदेश १ को मोरंङको सुन्दरहरैचामा रहेको पूर्वान्चल विश्वविद्यालयको गोठगाँउ क्षेत्र उपयुत्त हुने सुझाब दिएपछि प्रदेश सभाको बैठक सोही ठाँउमा बस्न लागेको छ । उत्त ठाउमा प्रदेशभाको वैठक बस्ने भए पछि अहिले उत्त ठाउको चर्चा सुरु भएको छ । ८ सय ५ बिघा जग्गा भएको उत्त ठाउ प्रदेशको राजधानी हुने भन्दै नेताहरु समेत लागी परेका छन ।

प्रदेशको मुख्य मन्त्रीका रुपमा रहेका भिम आचार्य, सेरधन राई तथा जिवन घिमीरे मुख्य प्रतिपपर्धी देखीए पनि उनिहरुले भने उत्त क्षेत्रको अहिले सम्म कुरा उठाएका छैनन । आचार्य भने ईटहरीको कुरा गर्दै आईरहेका छन भने राई मौन छन । घिमीरे भने बिराटनगरको कुरा उठाई रहेका छन । प्रदेश नम्बर १ को राजधानी कहाँ राख्ने भन्ने बिषयमा भने अन्यौलता कायम नै रहेको छ ।

प्रदेश नम्बर १ को राजधानीका लागी बिराटनगर, इटहरी, धरान र धनकुटाले आफनो दाबी छोडेका छैनन । गोठगाँउ रहेको पुर्बाञ्चल विश्वविद्यालयको चर्चा भने उच्च हुन थालेको छ । चुनाव भन्दा अगाडी मोरङ क्षेत्र नम्बर ३ले मात्रै उत्त क्षेत्रको कुरा उठाएको थियो । चुनावी एजेन्डाकै रुपमा उत्त क्षेत्रलाई काग्रेश तथा बाम गठबन्धनले लिएका थिए ।

विश्वविद्यालय भएको क्षेत्रमा प्रदेशको राजधानी उचित हुने पुर्बाञ्चल विश्वविद्यालयको अनुदान आायेगका अध्यक्ष लोक प्रसाद सगौ्रलाले बताएका छन । अन्य जग्गा समेत रहेकाले उत्त क्षेत्र उपयुत्त हुने सगा्रेलाले बताए ।

अस्थाई नभई स्थाई राजधानीका रुपमा पुर्बाञ्चल विश्वविद्यालयलाई मान्न सकिने स्थानिय सचारकर्मी मणिराम दाहालले बताए । समरचना थप गर्न सके विश्वविद्यालयको समेत भविष्य बन्ने पुर्बाञ्चल विश्वविद्यालयको गोठगाँउका डिन डाक्टर सिदार्थ कोईराललो बताए । हाल उत्त क्षेत्रमा ९ वटा भवन रहेका छन भने ८ सय छ बिघा जग्गा रहेको छ । ८५ बिघामा घेरावार समेत रहेको छ । – हाम्रो दमकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖