कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन : भण्डारी

बुटवल, २७ मंसिर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम सरकारको आयु निकै छोटो हुने चेतावनी दिएका छन् । निर्वाचन परिणामबाट कांग्रेस आत्तिनुनपर्ने समेत उनले बताए ।

बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले भने, ‘कांग्रेसले चुनाव हारे पनि उसको शक्ति र क्षमता भने हराएको छैन । नयाँ शिराबाट पार्टी अघि बढ्छ ।’अब पनि स्थिर सरकार नहुने उनले बताए । ‘बहुमतको मातमा बुद्धि नपुर्‍याउने र कांग्रेसलाई सामान्य ठानी बाहिर राख्ने काम गर्नु हुँदैन’ कांग्रेस नेता भण्डारीले भने, ‘यसो भएमा वामसरकारको आयु १८ महिनामै सकिन्छ ।’

नेपाली समाजमा बढी राजनीतिकरण गर्ने रोग लागेको र यसको सहि उपचारका रुपमा विकासको इन्जेक्सनलाई आफूले चुनावमा प्रयोग गर्दा फेल भएको बताए । भण्डारीले पार्टीका तत्कालिन सभापति सुशील कोइरालालाई संविधान जारी गरेपछि पुनः प्रधानमन्त्रीमा उठाएपछि नै काग्रेसको कमजोरी शुरु भएको दाबी गरे ।

भारतले नाकाबन्दी गर्दा पार्टीले त्यसको प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्रयाउने प्रस्तावमा समर्थन गर्नु र माओवादीका नेता कार्यकर्ता वाम गठबन्धनमा धेरै ईमान्दार बनेका कारण कांग्रेसले हार व्यहोर्नु परेको र आफुपनि त्यसैको शिकार भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्यका लागि गुल्मी १ मा उठेका भण्डारी एमाले सचिप प्रदिप ज्ञवालीसँग पराजित भएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖