नारायणकाजी ले शेरबहादुर देउवालाई थर्काए !

काठमाण्डौ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कामचलाउ हैसियतमा सीमित वर्तमान काँग्रेस नेतृत्वको सरकारलाई महत्वपूर्ण काम नगर्ने अधिकार नभएको भन्दै सचेत गराएका छन् ।

सरकारले सातवटै प्रदेशमा राज्यपाल नियुक्तिको तयारी गरेको समाचार आइरहेका बेला श्रेष्ठले वर्तमान कामचलाउ सरकारले निर्वाचित जनप्रतिनिधि संस्थालाई सत्ता हस्तान्तरणबाहेक अरु काम गर्न नहुने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत श्रेष्ठले बुधबार लोकतान्त्रिक मूल्यमान्यताको अनुशरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘अहिलेको कामचलाउ सरकारले निर्वाचित जनप्रतिनिधि संस्थाहरुलाई सत्ता हस्तारण गर्नको लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी कार्यहरुबाहेक अन्य कुनै पनि निर्णय गर्नुहुँदैन । लोकतान्त्रिक मुल्य मान्यता लाई सबैले अनुसरण गरौं’, श्रेष्ठले लेखेका छन् ।

सरकारले निर्वाचन परिणाम आइरहेका बेला केही दिनअघि गोरखापत्र संस्थानको महाप्रबन्धकमा काँग्रेस निकट वसन्तप्रकाश शर्मा, चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको थियो । यस्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्ने तयारी गरेको छ । – काठमाण्डूटुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।