जनता बाटै लुटेको पैसा बाँडेर चुनाव लड्छन्, जित्छन् मन्त्री बन्छन् र राज्यले दिएको गाडी, घरमा फरर् झण्डा हल्लाउँछन् (भिडियो)

घर आइपुगिन ओमानबाट उद्धार गरीएकी निशा गुरुङ

काठमाडौं । मुलुकले निर्वाचन सम्पन्न गरिसक्यो र निर्वाचनपछि मुलुक विकास हुन्छ भन्ने अड्कलबाजीहरु चलिरहँदा एउटा कुरा भन्न चाहान्छु । चाहे निर्वाचन होस् वा सरकार परिवर्तन होस् यो मुलुकको कुनैपनि मन्त्रालय सचिव बिहिन भएको छ र ? कुनै पनि विभाग महानिर्देशक विहिन भएको छ र ?

कुनै पनि कार्यालय प्रमुख बिहिन भएको छ र ? फेरी किन यो सरकार परिर्वतन,सत्ता समिकरणले विकास निमार्णलार्य प्रभाव पार्छन ? विषेश गरी संरचना निमार्णकै कुरा गराँै । यतिबेला सबै भन्दा बढि हुनुपर्ने सडक निमार्ण र सडक मर्मत कार्यको गति हेर्नुस त ?

न पानी पर्छ न आर्थिक बर्ष अन्त्यको चटारो । अहोरात्र काम गरेर सडक निर्माण वा मर्मत गरिनु पर्ने होइन ? तर मौसमले साथ दिदाँ समय लिएर काम ग¥यो भने त सडक राम्रो बन्छ, टिकाउ बन्छ र यसरी बलियो सडक बनायो भने फेरी सडक मर्मत भनेर खाने के शिर्षकमा ?

असार मसान्त वरपर रातारात काम हुन्छ, यतिखेर भने आराम चल्छ । अनि कसैलाई प्रश्न सोध्नुपर्छ जवाफहरु रेडिमेड छन् । विभाग मन्त्रालय कार्यालय सबका सबसँग जवाफ रेडिमेड छन् ।

विभाग मन्त्रालय कार्यालय सबका सबसँग जवाफ ओठैमा रेडि छ । ज्यादै बाठो, चिटिक्क मिलाएर, कुनै विवादमा नपर्ने गरी बोल्न सक्ने एक थान प्रवतmा राखिदिएपछि सकियो । सिष्टम राम्रो हुनु परेन,काम राम्रो हुनु परेन,सेवा उत्कृष्ठ दिनु परेन तर प्रवतmा गतिलो चाहियो जसले हात्ति पनि लुकाउन सकोस् ।

शहरको कुनै गल्लीको मिठाइ पसलेले बनाएको जेरीको टुक्रामा परेको झिंगाको अनुगमन हुन्छ,पसले जेल जान्छ,पसलमा ताला लाग्छ तर यो मुलुकका बाटाघाटा पुल आदिको अनुगमन कहिल्यै हुँदैनन् । कमजोर संरचना बनाउने ठेकेदार कम्पनी र तिनका मालिकहरुको लिष्ट कहिल्यै ब्ल्याक हुँदैन ।

न सडक बलियोे बन्न जरुरी हुन्छ न सामान टिकाउ र असल प्रयोग हुन जरुरी हुन्छ , न कमजोर संरचना बनाउनेहरुको लाइसेन्स खारेज हुन्छ न राज्यकोषको दोहन गरेर उधुम मच्चाउनेहरु जेल जान्छन् ।

उल्टै यस्ता मानिस र यिनका कम्पनीहरुले अझै ठुला ठेक्का पाउँछन, राजनीतिक दल छानी छानी चन्दा दिएर राजनीति गर्छन र जनताबाटै लुटेको पैसा बाँडेर चुनाव लड्छन्, जित्छन् मन्त्री बन्छन् र राज्यले दिएको गाडी घर र सुरक्षा पाएर फरर् झण्डा हल्लाउँछन् । जनता उनैले बनाएको खाल्डो र हिलोबाटोमा उसैलाई बोकेर गुडेको गाडीबाट उडेको धुलो खाइएला भनेर मास्क लगाएर हिँड्छन् बषौँ सम्म , चुपचाप र निरन्तर ।

घर आइपुगिन ओमानबाट उद्धार गरीएकी निशा गुरुङ – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।