नयाँ सरकारसँग काम गर्न भारत आतुर !

काठमाडौं । भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ ।

विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले ‘पहिलो प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि नेपाल सरकार र नेपाली जनतालाई भारतको बधाई’ भन्दै प्रतिक्रिया दिएका छन् ।

उनले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भनेर भारतले चाहना गरेको पनि बताएका छन् । बधाई दिने क्रममा वामपन्थी गठबन्धनले बहुमत पाएको बारे भने प्रवक्ताले केही भन्न चाहेनन् ।

‘नेपाल–भारतबीच प्राचीन, विशिष्ट खालको र समयको परीक्षामा खरो उत्रिएको सम्बन्ध रहिआएको छ, नेपालको आर्थिक समृद्धिलगायत दुईदेशीय सम्बन्धका सबै पक्षलाई अगाडि बढाउन भारत सधैं तयार छ,’ प्रवक्ता रविशकुमारले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।