निर्वाचित भएपछि राजेन्द्र महतोले दिए कांग्रेसलाई कडा चेतावनी !

धनुषा । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसले मधेशमा जालझेल, षडयन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप लगाएका छन्। जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता महतोले जनतालाई झुटो मुद्दा लगाउनेलगायतका धम्की नदिन काँग्रेसलाई चेतावनी दिए।

शुक्रबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ उनले काँग्रेसले निर्वाचनयता जनकपुरमा जनतालाई झुटा मुद्दा लगाउने लगायतका धम्कीको राजनीतिक गरिरहेको भन्दै तत्काल त्यस्ता गतिविधि छाडेर स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन आग्रह गरे। नेता महतोले मधेशमा जालझेल र षडयन्त्रको राजनीति गरेकाले काँग्रेसले निर्वाचनमा पराजय व्यहोर्नु परेको दावी गरे।

उनले मधेशका जनताले मधेश विरोधि गतिविधिमा संलग्न रहेकै कारण ३ ठूला दललाई निर्वाचनमार्फत् पराजित गरिदिएको उल्लेख गरे। झुटको राजनीति टिकाउ नहुने नेता महतको भनाइ छ। नेता महतोले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बन्नबाट कसैले पनि रोक्न नसक्ने दावी समेत गरे।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।