कति पाउँछन् प्रदेशको मुख्यमन्त्रीले तलब सुविधा ?

नयाँ संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेको छ। स्थानीय र प्रतिनिधिसभाको अभ्यास यसअघिका निर्वाचनमा गरिए पनि मुलुक पहिलो पटक प्रदेशिक संरचनामा जाँदैछ। आज सम्पन्न हुने निर्वाचनले सो संरचनालाई विधिवत् रुपमा संस्थागत गर्नेछ। स्थानीय तहसँगै केन्द्र सरकारको अभ्यास गरिरहेको नेपाल अब प्रदेश सरकारको समेत कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेको छ।

नयाँ संविधान अनुसार नेपालमा ७ प्रदेश रहनेछन्। जसमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० गरी कुल ५ सय ५९ जना प्रदेशसभाका सदस्य बन्नेछन्। प्रत्येक प्रदेशमा बहुमत ल्याउने पार्टीले प्रदेश सरकार गठन गर्नेछ। सो प्रदेश सञ्चालनका लागि मुख्यमन्त्री रहने व्यवस्था छ।

पहिलो पटक बन्ने प्रदेशसभा र त्यसको मुख्यमन्त्रीको तलब, सेवा सुविधा कति होला? धेरैमा जिज्ञासा छ।

मुख्यमन्त्री पारिश्रमिक बमोजिम प्रतिमहिना ६४ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, पोसाक सुविधाबापत प्रत्येक वर्ष १८ हजार र अतिथि सत्कार तथा भैपरी खर्चबापत ४० हजार रुपैयाँ प्राप्त हुनेछ।

मुख्यमन्त्री स्वदेश तथा विदेश भ्रमणमा जाँदासमेत पाउने सेवा सुविधा लोभलाग्दो छ। स्वदेशमा भ्रमण गर्दा प्रतिदिन ३ हजार र विदेश भ्रमणमा जाँदा प्रतिदिन २ सय ५० अमेरिकी डलर पाउनेछन्। साथमा मुख्यमन्त्रीका लागि १५ लाख रुपैयाँको जीवन बीमा समेत गरिएको छ।

मुख्यमन्त्रीको निजी सचिवालयमा १२ जना कर्मचारी अटाउनेछन्। जसमा प्रमुख स्वकीय सचिव, सहस्वकीय सचिव, उपस्वकीय सचिव, स्वकीय अधिकृत, फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक रहेनछन्। यस्तै मुख्यमन्त्रीले सवारी चालक दुई जना र कार्यालय सहयोगी राख्न पाउनेछन्। – नेपाललाइभबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।