नेपालको लोकतान्त्रिक यात्रा कोसेढुंगा बताउँदै अमेरिकाले यसरी गर्यो नेपाली जनता र नेपाल सरकारको प्रशंसा

काठमाडौं । अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ ।

निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको जनाएको छ ।

फाईल फोटो

‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्त रूपमा सम्पन्न गराएकोमा र मतगणनालगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारप्रति सराहना व्यक्त गर्छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण कोसेढुंगा हो ।’

निर्वाचनले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउने विज्ञप्तिमा उल्लेख छ । पाँच चरणमा स्थानीय र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मुलुकभर सम्पन्न गराउन, सुरक्षित र सुव्यवस्थित बनाउनसरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिले अथक प्रयास र योगदान गरेको भन्दै अमेरिकाले प्रशंसा गरेको छ ।

संवैधानिक रूपमा व्यवस्था गरिएको प्रत्यक्ष निर्वाचनको अन्तिम चरणको समापनसँगै नेपाली जनताका लागि महत्वपूर्ण अवसरका ढोका खुलेको अमेरिकी बुझाइ छ । निर्वाचन, संघीयता र सरकारी निकायको सबलीकरणका माध्यमबाट हुने संविधान कार्यान्वयनले राजनीतिक स्थायित्वको नयाँ युग सुरु गर्ने विश्वास अमेरिकाले लिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।