वामगठबन्धनले दुईतिहाई ल्याएसँगै चीनले दियो ‘ग्रिन सिग्नल’, सरकार बनेलगत्तै चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएर स्थिर सरकार बन्ने निश्चित भएपछि राष्ट्रपति सी जिनपिङको भ्रमणबारे ‘ग्रिन सिग्नल’ दिएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालमा वामपन्थी सरकार बनेलगत्तै राष्ट्रपति सी नेपाल भ्रमणमा आउने तयारी भइरहेको छ । एमाले र माओवादीको वाम गठबन्धनको बहुमतबाट स्थिर सरकार बनाउने र विकासलाई प्रोत्साहित गर्ने बाटो खुलेपछि चीनले आफ्ना राष्ट्रपतिको भ्रमण गराउन गृहकार्य थालेको हो ।

यसअघि केपी ओली प्रधानमन्त्री हुँदा पनि राष्ट्रपति सीको भ्रमणको तयारी भएको थियो । तर, त्यतिबेला सत्ता परिवर्तनले सी जिनपिङलाई नेपाल भ्रमण गराउने ओलीको प्रयास सफल भएको थिएन् । राष्ट्रपति सीले दक्षिण एसियाका अधिकांश देश (श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान र भारत)को भ्रमण गरिसकेका बेला नजिकको छिमेकी देश नेपाल आएका छैनन् ।

अब वाम गठबन्धनबाट सरकारको नेतृत्व गर्ने भावी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमण गराएर आफ्नो प्रयास सफल पार्ने भएका हुन् । ओलीले भ्रमणबारे चिनियाँ राजदूतसँग पनि चासो राखेको र छिट्टै भ्रमण हुने जानकारी गराएको ओलीको निजी सचिवालयले जनाएको छ ।

चिनियाँ दूतवासका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार गठनलगत्तै सीले नेपाल भ्रमण गर्ने सम्भावना उच्च छ । भ्रमणबारे दुई देशका उच्च अधिकारी र राजनीतिक तहमा समेत अनौपचारिक छलफल भइरहेको छ ।

चीनका लागि पूर्वनेपाली राजदूत डा. महेश मास्केले नयाँ सरकार बनेलगत्तै सीको भ्रमण हुनसक्ने बताए । चीनको बेइजिङ इन्टरनेशनल स्टडी युनिभर्सिटीको इन्डियन सेन्टरका कार्यकारी निर्देशक सु लियाङले पनि राष्ट्रपति सीको भ्रमणको सम्भावना बढेको बताए । ‘हाम्रा राष्ट्रपतिको भ्रमण नेपालको नयाँ बन्ने सरकारमा निर्भर रहन्छ, मलाई लाग्छ छिट्टै भ्रमण हुन्छ,’ उनले भने ।

चीनको टिसिंघुवा विश्वविद्यालयका प्रोफेसर ली सीगुवाङले राष्ट्रपति सीको नेपालको भ्रमणका लागि अहिले उपयुक्त समय आएको टिप्पणी गरे । ‘सीको भ्रमणमा आर्थिक साझेदारीसम्बन्धी महत्वपूर्ण सम्झौताहरु हुनसक्छ । नेपाल सरकारले गृहकार्य गर्नु जरुरी छ,’ उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।