प्रचण्डले गरे भारतको अफर अस्वीकार !, के भनेको रहेछ भारतले ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको प्रधानमन्त्री प्रस्ताव अस्वीकार गरेका छन् ।प्रचण्डलाई भारतीय पक्षले काँग्रेस, मधेस केन्द्रित दल र राप्रपाको समर्थनमा प्रधानमन्त्रीको अफर गरेको हो । तर, बाम गठबन्धन भत्काउने नियत भन्दै उनले उक्त प्रस्ताव अस्वीकार गरेको माओवादी केन्द्रका एक वरिष्ठ नेताले काठमाण्डुटुडेलाई जानकारी दिए ।

ती नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने नेपालको आन्तरिक विषय भएकाले नेपालका दलहरु नै उक्त निर्णय गर्न सक्षम रहेको जवाफ फर्काएका थिए ।उनले बाम गठबन्धनले निर्वाचनअघि नै एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेकाले अबको प्रधानमन्त्री ओली नै हुने जवाफ उनको थियो । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न शनिबार बाुलुवाटार पुगेका प्रचण्डलाई पनि देउवाले अबको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

‘अबको प्रधानमन्त्री तपाईं बन्नुस् । म तपाईंका लागि बालुवाटार खाली गर्न तयार छु’, देउवाले भनेका थिए ।जवाफमा प्रचण्डले एमाले अध्यक्ष ओली नै अबको प्रधानमन्त्री भन्दै ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न देउवालाई आग्रह गरेका थिए । देउवाले भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए सामाजिक सदभाव कमजोर हुने र राष्ट्रलाई एकताबद्ध गर्न नसकिने तर्क गरेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भए सबैलाई मिलाएर जान सक्ने खुबी भएकाले मुलुक अप्ठेरोमा नपर्ने उनको भनाइ थियो । देउवा सरकारका मन्त्रीसमेत रहेका देउवानिकट काँग्रेस नेता महेन्द्र यादवले शुक्रबार राजधानीमा भएको एक साक्षात्कारमा अबको प्रधानमन्त्री प्रचण्डलाई बनाउन काँग्रेस तयार रहेको बताइसेकका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।