निर्वाचनबाट पराजीत देउवा राजीनामा नदिई निर्लज्जतापूर्वक पद ओगटेर बस्दै… !
को अधिनायकवादी ?
काठमाडौं, २ पुस । निर्वाचनबाट पराजीत भइसकेका प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा नदिई निर्लज्जतापूर्वक पद ओगटेर बसिरहेका छन् ।
दलहरुसँग छलफल नगरी राष्ट्रपति समक्ष पेश गरेको पेश गरेको राष्ट्रियसभा सम्बन्धी अध्यादेश पारित नगरी सत्ता नछोड्ने घुर्की लगाइरहेका छन् । वाम गठबन्धनले जिते देशमा अधिनायकवाद आउँछ भन्ने देउवा कति अधिनायकवादी हुन् भन्ने कुरा त सरकार जनादेश गुमाइसकेपछि पनि उनले सकारबाट राजीनामा नदिएबाट पुष्टी हुन्छ ।
उनले हाक्काहाक्की राजीनामा नदिने मात्र होइन, आफ्ना निकट केही कानुनविद्हरुलाई बोलाएर राजीनामा दिनुनपर्ने सुझाव समेत लिएका छन् ।
नेपाली राजनीतिमा शेरबहादुर देउवा यस्तो प्रवृत्तिको नाम हो, जसले शक्तिमा पुग्न र स्वार्थ पूरा गर्नका निम्ति यो धर्तीमा गर्न नहुने जति सबै कर्म गरिसके । यो प्रवृत्ति थोरबहुत हरेक राजनीतिक आकांक्षा भएको पात्र र राजनीतिक संस्थामा हुन्छ ।
आफ्नो महत्वाकांक्षा, नैतिक मूल्य र सैद्धान्तिक मान्यताका बीचमा सन्तुलन कायम गर्दै अघि बढ्नु हरेक राजनीतिक व्यक्तित्वको दायित्व हो । नैतिकतालाई नै त्यागेर, शक्तिको उन्मादमा गरिने जुनकुनै कार्यले वैधानिकता र मान्यता प्राप्त गर्न सक्दैन ।
आफू शक्ति पुग्न जुनसुकै उपायबाट पुग्दा पनि हुन्छ । तर आफू शक्तिमा हुँदा जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्ति देउवा प्रवृत्ति हो । जुन उनले चुनावमा पराजयपछि पनि देखाइरहेका छन् । दृष्टीन्यूजमा खबर छ ।


