देउवा किन छाड्न मान्दैनन् सरकार ?

काठमाडौं । निर्वाचनमा पराजयपछि पनि नैतिकताको न समेत ख्याल नगरी राष्ट्रियसभा गठनको हलो अड्काएर सत्तामा बसिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक नियुक्ति सबै गरी अब बन्ने वाम गठबन्धनको सरकारलाई काम गर्न नदिने योजनामा छन् । दृष्टी न्यूजमा खबर छ ।

देउवाले बिहीबारै नेपाल टेलिकमको प्रबन्ध निर्देशक परिर्वतन गर्ने लगायतका दूरगामी निर्णय गर्न खोजेका थिए । तर मुख्यसचिव लोकदर्शन रेग्मीले दलीय सहमति नजुटाई नगर्न अनुरोध गरेपछि सोमबार गर्नेगरी बैठक सारे । आज पनि मन्त्रिपरिषद बैठक देउवाले राखेनन् । अब अर्को मंगलबार २०७४ पुस ११ मा मन्त्रिपरिषद बैठक राखी सबै नियुक्ति गर्नेगरी बैठक राख्ने तयारीमा प्रधानमन्त्री देउवा छन् ।

उनले नेपाल टेलिकमको एमडीदेखि राष्ट्रबैंकको गभर्नर समेत अर्कैलाई बनाउने योजना बनाएका छन् । उनले दलहरुसँग सोध्दै नसोधी राष्ट्रपतिकोमा पेशगरेको राष्ट्रियसभा गठनको अध्यादेश जारी नगरेसम्म सत्ता छाड्दै नछाड्ने लिडेढिपी जारी राखेका छन् । र, जनादेश गुमाइसकेको कांग्रेसका नेताहरु देउवाको बोलीमा लोली मिलाइरहेका छन् ।

वाम गठबन्धनले सरकारले पेश गरेको अध्यादेश संविधान विपरीत भएकाले जारी हुन नसक्ने अडान राख्दैआएको छ । देशभर प्रत्यक्ष निर्वाचनमा २३ सिट मात्र जितेको कांग्रेस राष्ट्रियसभा एकल संक्रमणीय आधारमा गठन हुनुपर्ने भन्न थालेको छ ।

संविधानमा राष्ट्रियसभा बहुमतीय आधारमा गठन हुने कुरा उल्लेख भए पनि कांग्रेस एकल संक्रमणीय आधारमा गठन हुनुपर्ने बालहठ गरिरहेको छ । एकल संक्रमणीय आधारमा राष्ट्रियसभा गठन भए कांग्रेसबाट केही सांसद आउनेछन् । यदि बहुमतीय आधारमा कांग्रेसको राष्ट्रियसभामा प्रतिनिधित्व नै नहुने खतरा छ । त्यही भएर कांग्रेसले राष्ट्रपति समक्ष पेशगरेको अध्यादेश जसरी पनि जारी हुनुपर्ने अन्यथा सरकारबाट राजीनामा नदिने अडान राखेको छ ।

राष्ट्रियसभाको अध्यादेश जारी नभए सरकार नै बन्न नदिने भाषण देउवादेखि सबै कांग्रेस नेताहरुको मुखबाट सुनिन थालेको छ । कांग्रेसले जे मन लाग्छ, त्यही लेखेर पेशगरेको अध्यादेश जारी गर्नदिने पक्षमा वाम गठबन्धन छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।