प्रधानमन्त्री देउवाले प्रचण्डलाई भने,- लेखेरै दिन्छु, पाँच वर्ष प्रधानमन्त्री हुनुस्

शनिबार विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा झण्डै एक घण्टा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कुराकानी भयो। प्रचण्डसँग शनिबार विहानको कुराकानीमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई पाँच बर्षकै लागि प्रधानमन्त्री दिन तयार रहेको सहमति पत्र लेखेरै दिन आफू तयार रहेको बताएका रहेछन्।

यो कुराको खुलाशा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले सोमबार साँझ गरे। ‘तपाई नै प्रधानमन्त्री हुनुस्, त्यसो हो भने पाँच वर्षका लागि लेखेरै दिन तयार छौं भन्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखिएछ’ सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटघाटमा सापकोटाले भने, ‘प्रचण्डले देउवालाई यस्तो कुरा नगर्नुस्, पाँच वर्षका लागि रचनात्मक प्रतिपक्षमा बस्ने मानसिकता बनाएर बस्नुस् भन्ने जवाफ दिनु भएछ।’

प्रचण्ड निकट माओवादी केन्द्रका अर्का नेता बर्षमान पुनले पनि सोमबार एक अंग्रेजी दैनिकसँगको कुराकानीमा भनिसकेका छन् कि, सरकारको नेतृत्वका लागि माओवादी केन्द्रलाई प्रस्ताव आइसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोमबार विहान एमाले–माओवादी केन्द्रबीचको एकता भाँड्न अनेक प्रपञ्च सुरु भइसकेको बताएका थिए। – न्यूज ईजलासबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।