घोडा चढेर मतदातालाई धन्यवाद दिन हिडेपछि विवादमा तानिए नवराज सिलवाल !

काठमाडौं, एमालेबाट ललितपुर–१ का नवनिर्वाचित सांसद नवराज सिलवाल घोडा चढेर मतदातालाई धन्यवाद दिन हिंडेकामा विवादमा तानिएका छन् ।

निार्वचनमा मतदाताको मन जित्न धान काटेको तस्वीर फेसबुकमा राखेर चर्चामा आएका सिलवाल चुनाव जितेलगत्तै घोडा चडेर मतदातालाई धन्यवाद दिँदै हिंडेका छन् । उनकै शुभेच्छुकले घोडा चढेको तस्वीर फेसबुकमा सार्वजनिक गरेका थिए । तस्वीरमा सिलवाल घोडामाथि छन् भने कार्यकर्ता पैदले हिंडेको देखिन्छ । घोडा चढेको विषयमा सामाजिक सञ्जालमा सिलवालकै विरोध भएको छ ।

राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावअघि धान काट्न खेतमा जाँगर दिने यी हातगोडा एकाएक के भए माननीय नवराज सिलवाल ज्यू ? भन्दै सिलवालको आलोचना गरेका छन् ।

आचार्यले भनेका छन्, ‘सुहाएन माननीय ज्यू । माननीयले यसो नगरौं, कार्यकर्ताले यसो गर्न नउक्साऔं ।’

पत्रकार खगेन्द्र पन्तले आफ्नो फेसबुकमा सिलवालले चुनावअघि धान काटेको र चुनाव जितेपछि घोडा चढेको दुवै तस्वीर पोस्ष्ट गरेर उनको उछितो काढेका छन् ।

‘नयाँ मुल्लाहले प्याज धेरै खान्छ भन्थे, हो रैछ । भोट माग्न जाँदा मतदाताको खेतमा धान काटेको नाटक गरेका माननीय नवराज सिलवाल जितेपछि मतदातालाई धन्यवाद दिन राजसी ठाँटसहित यसरी गाउँ पसेछन् । यिनले जनताको भलो नगरे कसले गर्ला ?’, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पन्तले लेखेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖