सुटुक्क दिल्ली पुगेर फर्किन आरजु !, दिल्लीमा कोसँग भेटेर के कुरा गरिन ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट पराजय भोगेकी प्रधानमन्त्री पत्नी आरजु राण देउवा सुटुक्क दिल्ली पुगेर आएको खबर छ ।

वामगठबन्धनका उम्मेदवार नारदमुनी रानासँग निर्वाचन पराजय बेहोरे पछि उनी निकै निरास भएको उनी निरास भएको निकट स्रोतको भनाई छ ।

निर्वाचनमा आरजुसँगै उनको पार्टी नेपाली कांग्रेसले तेस्रो स्थानमा पुगे पछि उनले गोप्य रुपमा गरेको दिल्ली यात्रा चासोको बिषय बनेको छ । उनी महेन्द्रनगरबाट बनबासा हुँदै मंसिर २३ गते सुटुक्क दिल्ली पुगेर फर्केकी छन् ।

आरजुले दिल्लीमा कोसँग भेटेर के कुरा गरिन भन्ने खुलेको छैन । यद्यपी निर्वाचन हार्ने वित्तीकै उनले गरेको गोप्य भ्रमणले शंका उब्जाएको छ ।

दुई पटक समानुपाति कोटामा संसद बनेको उनले प्रत्यक्ष निर्वाचन लड्न गरेको पहिलो आँट नै असफल भएको छ । निर्वाचन जित्नेमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागेकी थिइन । – जनता समाचारबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।