टंगालमा भिनाजु, सिंहदरबारतिर सालोहरुको राइँदाइँ !

काठमाडौँ, ५ पुस । टंगालमा भिनाजु छन्, सिंहदरबारतिर सालोहरुको राइँदाइँ चल्छ । कथा नेपाल टेलिभिजनको हो । अचेल हरेक दिनजसो अख्तियारका, मूलीहरुको चिल्ला अनुहार नेपाल टेलिभिजनमा किन देखिन थाल्योभनेर अचम्म नमान्नुहोला, त्यही अनुहार देखाई–देखाई ईटहरी प्रसारण केन्द्रमा भएको डरलाग्दो अनियमितता गुपचुप भईरहेको छ । त्यहाँ घोटलाका काण्डै काण्ड छन् ।

पछिल्ला बर्षमा दातृनिकायबाट शान्ति कोषमार्फत आएको १२ करोड रुपैयाँ मध्ये ७ करोड फिर्ता भयो । त्यसमा खर्च भएको ५ करोड रुपैयाँमा पनि गम्भिर अनियमितता ठहर भैसकेको छ । रिटायर्ड भएर अहिले जनता टेलिभिजनमा काम गर्न पुगेका लक्ष्मण हुमागाई फेरि पनि नक्कली बैंक ग्यारेन्टी काण्डमा तानिने खतरा बढेको छ । प्रईमटाईमको स्पोन्सर टेन्डर मिडिया हब, वल्ड भिजनहरुले पाएका थिए ।

तिकम्पनिहरुले दिनुपर्ने भुक्तानि काष्ठमण्डप डेभलपमेन्ट बैंकको नाममा नक्कली बैंक ग्यारेन्टी बनाएर नौ महिना सम्म गुमराहमा राखियो । उनले पत्नि रोजी मार्फत अमेरीकी राजदूतलाई भनसुन गर्दै लक्ष्मणलाई उतीबेला जोगाएका थिए । तर अहिले फाईल खोल्दा न ‘टंगालमा भिनाजु छन’ भन्ने जोगिने भए, न जागिर सकिएर हिडिसकेका लक्ष्मण छन् ।

लक्ष्मणको कनेक्सन अमेरीकी खुफिया एजेन्सी सँग कसरी पनि प्रमाणीत हुन्छ भने सिआईए फ्याक्ट बुकमा ‘हरेका राजधानीमा हाम्रो एउटा मिडिया छ’ भनि लेखिएको छ । त्यो भनेको लक्ष्मण हुन्जेत नेपाल टेभिजिननै थियो । केहि समय डा. दुमन थापा नयाँ पत्रिकामा हुँदा अमेरिकी दूतावासले त्यसलाई पनि प्रयोग गरेको त्यही प्रतिवेदनका उल्लेख छ ।

टंगालमा भिनाजु छन् भन्ने चाही मनोहरी थापा हुन । अख्तियार प्रमुख दिप बस्नेतलाई उनी भिनाजु भन्छन् । ईटहरी प्रसारण केन्दको सामान खरिदमा क्रममा भएको ५ करोड भन्दा बढिको घोटाला उनै ‘भिनाजु’ले मिलाईरहेका छन् । चितवनका महेश दाहाल सञ्चालक समितिका कार्यकारि अध्यक्ष छन् । ईटहरि काण्डमा महेश दाहाल र अर्का सञ्चालक सचिन रोकाको हस्ताक्षर रहेको छ । यो काण्डबाट बच्नलाई उनीहरुले अख्तियार प्रमुख, प्रवक्ता, आयोगका अयुक्तहरुको अन्तरर्वाता हाल्न थालेका छन् । – जनआस्था साप्ताहिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।