“अब पार्टी फुटाउने, सरकार गिराउने खेल हुने छैन र पार्टी एकताको विपरित जाने छुट कसैलाई छैन” (भिडियो सहित)

नेपालमा विद्यमान राजनीतिक पाटीॅहरुमध्ये एउटामात्र पाटीॅमा प्रवक्ताको भूमिका र जिम्मेवारीमा एकमात्र महिला सक्रिय छिन भन्ने बित्तिकै पम्फा भुसालको मुहार अगाडि आइहाल्छ । हो, पम्फा भुसाल नेकपा(माओवादी केन्द्र) का प्रवक्ता हुन । भुसाल ललितपुर जिल्लाबाट प्रतिनिधि सभाका लागि विजयी सांसद पनि हुन ।

निवाॅचनमा आफूले प्राप्त गरेको विजय, अब बन्ने सरकार, वामगठवन्धन र पाटीॅ एकताका बारेमा एभिन्यूज टेलिभिजनको टक शो ‘संवाद’ मा कुरागदैॅ नेतृ भुसाल भन्छिन्- निवाॅचनमा मलाई विजयी गराउनु हुने मतदाताहरुलाई धन्यवाद भन्न घर घर र वडा वडामा हिँडिरहेकी छु । अघिल्लो चुनावमा विजयी भएपछि पनि मैले यस्तै गरेकी थिएँ । पुग्नुपनेॅ अब केही वडाहरु छन् त्यहाँ पनि पुग्छु ।

वामगठवन्धनको सरकार बन्न ढिलाई भएको हो कि भन्ने प्रसंगमा उनी भन्छिन्- त्यस्तो हैन । एउटा त मतगणनाले समय लियो । दोस्रो कुरा, समानुपातिकको परिणाम आउनै समय लाग्यो । सरकार बन्ने सन्दभॅमा पनि निवाॅचन आयोगले आफ्नो प्रकृया पूरा गछॅ र निवाॅचनको परिणाम राष्ट्रपतिसमक्ष पेश गछॅ । राष्ट्रियसभाको निवाॅचन कसरी गछॅ भन्ने छ , यस विषयलाई राजनीतिक सहमति गरेर हल गनुॅपछॅ ।

राष्ट्रियसभाको निवाॅचन नभई सरकार गठनको प्रकृया अघि बढ्दैन भन्छन् नि भन्ने प्रश्नमा उनी भन्छन्- कतिलाई वामगठवन्धन नै मन नपरेको हुनसक्छ । कतिलाई वामगठवन्धनले दुई तिहाई वहुमत ल्याएको नै मन नपनॅ सक्छ ।….तर बुझ्नुपनेॅ कुरा के होभने प्रतिनिधिसभा र राष्ट्रियसभा दुई छुट्टै विषय हुन ।राष्ट्रियसभा सम्वन्धी निवाॅचनको विषय निवाॅचन आयोगले चुनाव अघि नै निणॅय गरिदिएको भए राम्रो हुने थियो । त्यसैले यो विषयलाई अब अरुले हैन राजनीतिक पाटीॅहरु बसेर नै हल गनुॅपछॅ ।

पाटीॅ एकीकरणको सन्दभॅमा मुख्य कुरा एकता हो । एकताको भावना ग्रास रुट लेभलसम्म पुगेको छ र एकता हुनुपछॅ भन्ने भावना सबै कायॅकताॅहरुमा देखियो । यो भावनाको विपरित जाने छुट अब कसैलाई छैन । ढिलो चाडो कम्युनिस्ट केन्द्र बन्छ । विकास र स्थायित्वका लागि एकीकरण गनेॅ हो । त्यसैले सबै कम्युनिस्ट पाटीॅहरुको मूलधार हामीले बनाउन लागेका हौं ।नेपालमा कम्युनिस्टहरुको मूलधार भनेको अबको एकीकरण नै हो ।…..ढिलो चाँडो एकताको प्रकृयामा सबै आउनु हुन्छ ।……हामीले अँगालेको विचार र सिद्धान्तको कुरा गदाॅ सामन्तवादको अन्त्य गरेर हामी पूँजीवादमा गैसकेकोले अब हामी समाजवादतफॅ जाने हो । हाम्रो संविधानले पनि समाजवाद उन्मुख नेपालकै कुरा गरेको छ ।

नेपालमा कम्युनिस्ट पाटीॅहरुलाई जुट्न र फुट्नलाई समय नलाग्ने सन्दभॅमा उनको भनाई थियो- हामीलाई राजनीतिक स्थिरता चाहिएको छ । राजनीतिक स्थिरताको जगमा मात्र आथिॅक विकास हुनसक्छ। राजनीतिक स्थिरताको जगमा मात्र आथिॅक समृद्धि हुने भएकोले देशमा कम्युनास्ट र गैर कम्युनिस्ट गरेर दुईवटा मात्र पाटीॅ बनोस् भन्ने हाम्रो चाहना हो ।

पाटीॅ एकीकरणका सन्दभॅम् प्रवक्ता भुसाल भन्छिन्- पहिला पाटीॅ एकता हुन्छ । त्यसपछिमात्र नेतृत्व कसले गनेॅभन्ने हुन्छ । अब को प्रधानमन्त्री बन्ने र को पाटीॅ अध्यक्ष बन्ने भनेर आधिकारिक निणॅय भएको छैन । नेताहरुका विचमा कुनै सहमति कायम भएको भए मलाई जानकारी छैन ।

एभिन्यूज टेलिभिजन र दश बषेॅ जनयुद्धको नेतृत्व गरेर आएको खरो अनि क्रान्तिकारी पाटीॅ नेकपा(माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुसाल विचको नरम, रोचक अनि जानकारीमुलक कुराकानी हेर्नुस भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।