मेरो प्यारो जन्म भूमी सुन्दर नेपाल (भिडियो)
देश भक्तिको भावनाले ओतपोत “मेरो प्यारो जन्म भुमि सुन्दर नेपाल“ गीतको हरेक शब्दले बिदेशी भूमिका हुँदा पनि स्वदेशको यादमा कति तड्पिएका छन् नेपालीहरु भन्ने बिषयलाई गीतकार सुमन कार्कीले प्रस्तुत गरेका छन् र गीतकार कार्कीको शब्दलाई गायक भरत थापा ‘असफल’को स्वरले पूर्ण न्याय गरेको छ । गीतकार कार्की र गायक थापा इजरायलमै रहनुले पनि उक्त गीतलाई यतिको सर्बोकृष्ट बनाउन सफल भएको मान्न सकिन्छ । यो भन्दा अघि पनि उहि स्वर्ग एल्बमबाट ‘सिटि बसैमा’ बोलको गीतमा पहिलो स्वर दिएर सांगीतिक यात्रा शुरु गरेका गायक थापा इजरायलमा हुने हरेक सांगीतिक कार्यक्रममा सहभागि हुने गरेका छन् । हिमाल, पहाड, तराईमधेश हुदै विश्व शान्तिका अग्रदुत भगवान बुद्धलाई समेत समेटेर निर्माण भएको “मेरो प्यारो जन्म भुमि सुन्दर नेपाल ” बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो हरेककोणबाट उत्कृष्ट छ । भिडियोलाई सर्बोकृष्ट बनाउन कलकारहरुको खारिएको अभिनयले पनि उतिकै भूमिका रहेको छ । बिभिन्न कलकारहरुको अभिनयले भरिएको उक्त म्युजिक भिडियो मार्फत गायक थापाले आफ्ना सुपुत्र सौरभ थापालाई पनि अभिनयमा प्रवेश गराएका छन् ।


