गगन थापालाई काउन्टर दिँदै महेन्द्रले थाले देउवा बलियो पार्ने अभियान !

काठमाडौं । नेपाली कांग्रेसभित्र अहिले गुट उपगुटका गोप्य बैठकहरु बसिरहेका छन् । निर्वाचनमा पार्टीले व्यहोरेको हारको दोष एकतर्फी रुपमा पार्टी सभापति शेरबहादुर देउवालाई मात्रै थोपरेपछि त्यसलाई काउन्टर दिन देउवा निकट युवा नेताहरुको गोप्य बैठक बसेको रिपोर्टस् खबरले छापेको छ ।

केही दिन पहिले गगन थापाको नेतृत्वमा युवा नेताहरुको गोप्य बैठक बसेर देउवाको विकल्प खोज्नुपर्नेबारे व्यापक छलफल गरेपछि कांग्रेसभित्र नयाँ तरंग पैदा भएको छ । गगनले जथाभावी टिप्पणी गर्दै हिँडेको भन्दै देउवा समर्थक युवा नेताहरु खासगरी भातृ संगठनका नेतृत्वहरुले आज छुट्टै भेला आयोजना गरेका हुन् ।

नयाँ बानेश्वस्थित् आनन्द ईभेन्टस्मा आज देउवा समर्थक नेताहरुको भेला भएको हो । बैठकमा नेताहरु क्रमशः महेन्द्र यादव, श्याम घिमिरे, डिला संग्रौला, वीर बहादुर बलायर, नेविसंघ अध्यक्ष नैनसिंह महर, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, टे«ड युनियनका अध्यक्ष लगायत उपस्थिति थियो । स्रोतका उनीहरुको आजको छलफलमा चुनावमा हारको समिक्षा गर्नुपर्ने बेलामा एकतर्फी रुपमा सभापति देउवाविरुद्ध खनिनु गलत भएको निश्कर्ष निकालेका थिए ।

भेलाको नेतृत्व समेत गरेका खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले भने,‘गगन थापाले चुनावमा पार्टीले व्यहोरेको हारको दोष एकजनालाई दिए, अब विशेष महाधिवेशन नभएर विशेष महासमिति बोलाउनुपर्छ, समिक्षा गर्नुपर्छ, पार्टी सुदृढिकरण गर्ने, एकजुट भएर अघि बढ्नेबारे आज छलफल भयो।’

त्यस्तै पार्टीले राष्टिय सभासम्बन्धी लिएको स्ट्याण्ड सही भएको समेत निश्कर्ष निकालिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।