राजेन्द्र महतोको जित बदर हुने खतरा, यस्तो छ कारण…
काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले चुनाव जितेको क्षेत्रमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई भएको छ । महतोले आफ्नो चरित्रहत्या गरेको भन्दै माओवादी केन्द्रका नेता रामसिंह यादवले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी समेत गरेको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट महतोले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता रामसिंह यादवलाई पराजित गर्दै विजयी भएका थिए । चुनाव प्रचारको क्रममा महतोले आफ्नो चरित्र हत्या गरेकै कारण आफूले चुनाव हारेको भन्दै यादवले पुनः चुनावको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यादवले महतोको जितलाई बदर गर्न समेत माग गरेका छन् ।
रिटमाथि शुक्रबार भएको सुनुवाईमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीशहरु दीपक राज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशमशेर जबरा, दीकककुमार कार्कीको संवैधानिक ईजलाशले कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले यही पुस १४ गते दुबै पक्षलाई छलफलको लागि बोलाएको छ ।
यादवको तर्फबाट वरिष्ठ आधिवक्ता रमण श्रेष्ठ, हरिप्रसाद उप्रेती, रामनारायण यादव, अमरनाथ सिंह, आधिवक्त सुनिल खरेल, पंकजलाल कर्णलगयातले बहस गरेका थिए ।
त्यसैगरी महतोले मौन अवघिमा समेत महतोले प्रचारप्रसार गरेको आरोप लगाएका यादवको चुनावमा जमानत समेत जफत भएको थियो । अनलाईन डवली


