कांग्रेसका संस्थापक नेता भट्टराईको जन्मजयन्तीमा ओली प्रमुख अतिथि
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीमा एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाइएको छ ।

नेपाली कांग्रेसले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको बिरासत गुमाइसकेको घोषणा गर्दै आउनु भएका एमाले अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाएर उनका चेलाहरुले ओलीको भनाई सही सावित रहेको पुष्टि समेत गरेका छन ।

कार्यक्रममा बाँडेगाउँमा कांग्रेस नेता प्रकाशमान सिंह र रामहरि खतिवडा लगायतलाई आमन्त्रण गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भने भट्टराईको आदर्शबाट च्यूच भएको सन्देश दिन बहिस्कार गरेका छन ।

– जनताटाईम्सबाट


