सिलवाल विरुद्धको मुद्दा छानबिन गर्ने नाममा पत्रकार फसाउने प्रहरी योजनाको बिरोधमा उत्रियो प्रेस चौतारी !

काठमाडौं, पुस ९ । प्रेस चौतारी नेपालले नेपाल प्रहरीले पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकहरुलाई काटेको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चौतारीले प्रेस विज्ञप्ति आइतबार जारी गर्दै ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्धको मुद्दा छानबिन गर्ने नाममा सञ्चारमाध्यमहरुलाई आदेशको शैलीमा काटिएको पत्रले आश्चर्यचकित बनाएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महानगरीय प्रहरी परिसर काठमाडौंले रोशन खड्का (काठमाडौंपार्टी डटकम), रवि धामी (मुलधारन्युज डटकम) मदनबाबु भण्डारी (सुशासनन्युज डटकम/सुशासनन्युज साप्ताहिक), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक/अपराध खबर डटकम)लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्रचार गरेको छ ।

यसको साथै प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेलाई पाँचै जना पत्रकारहरुको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन समेत दिएका छन् ।’

प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत भएको चौतारीको ठहर छ । ‘नेपाल प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको छ ।

नेपाल प्रहरीको यो कदमप्रति प्रेस चौतारी खेद व्यक्त गर्दै भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्थाविरोधी यो कदम तत्काल सच्चाउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’ साथै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग प्रेस चौतारीले माग गरेको छ ।

– लाईटनेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।