पेन्सिल तिखार्न नसक्दा निर्घात कुटाई, पिटाइ खाएकी ९ वर्षीया बालिकाको यस्तो चाेट

नेपालगन्ज । पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिकाले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा आइतबार दुई कक्षामा अध्ययनरत बालिकाले आफ्नै शिक्षकबाट निर्घाट कुटाइ खानुपरेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

परसपुरकी कक्षा दुईमा अध्ययनतर नौ वर्षीया सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसेको भन्दै शिक्षक कृष्णमुरारी सिंहले निर्घात कुटपिट गरेका हुन्। दुईतीन पटकसम्म पेन्सिल तिखार्ने प्रयास गर्दा पनि नसकेपछि रिसमा बालिकालाई शिक्षकले चड्कन हानेका थिए।

साथै विद्यालयको भित्तामा टाउको ठोक्याएको पीडित बालिकाले बताएकी छन्। ‘सर पढाउन आउनुभएको थियो, मलाई कापीमा लेख्न भन्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘पेन्सिल तिखार्दै थिएँ, धेरैपटक भाँचियो, सरले यति पनि नसक्ने भन्दै मलाई चारपाँच पटक गालामा हान्नुभयो।’ आफूले फेरि तिखार्ने बताउँदाबताउँदै पनि शिक्षकले भित्तामा टाउको बजारिदिएको उनको गुनासो छ।

पिटाइबाट बालिकाको गाला सुन्निएको र टाउकोमा चोट देखिएको छ। छोरीले पिटाइ खाएपछि रुँदै घरमा सिकायत गर्न आएको बुबा मुनिर बेहेनाले बताए। पीडित बालिकालाई नजिकको मेडिकलमा उपचार गरी वि श्रामका लागि घरमा राखिएको छ।

विद्यालयका प्रधानाध्यापक हृदेशनारायण यादवलले घटना भए पनि उक्त विषयमा आफू बोल्न नचाहेको बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖