प्रधानमन्त्रीको इतिहासमा देउवा सबैभन्दा भ्रष्ट !, विदेशिकै इशारामा पहिलो कम्युनिस्ट सरकार ढाल्नेदेखि नेपालीलाई नाकाबन्दी लगाउँदा ‘चुँ’सम्म नबोली जनताको दुःखमा हाँसेर बसे !
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक मत परीणाम आइसकेको छ । वाम गठबन्धनले अत्यधिक सिट जितेका छन् । जनताको जनादेशअनुसार वाम गठबन्धनले सरकार बनाउने तयारी पनि गरिरहेको छ ।
तर, नेपाली कांग्रेसको सत्तामोहले सरकार निर्माणको बाटोमा असहजता ल्याएको छ । संविधानमा स्पष्ट व्यवस्था हँुदाहँुदै र हाम्रा परम्परागत अभ्यासहरू हँुदाहँुदै यो भएन र त्यो भएन भन्दै निहँु खोज्नु जनादेशको अपमान गर्नु र देशी विदेशी षड्यन्त्रकारीको योजनामा संलग्न भएर देश र जनताप्रति अपराध गर्नु हो । किनकी अहिले जनताको आवश्यक्ता र चाहना भनेको विकास र समृद्धि हो र त्यसको जग वाम सरकारले हाल्दैछ ।’
देउवाको विगत चरित्र
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विगतदेखि नै सरकारको नेतृत्व सम्हालेपछि एकपछि अर्काे गर्दै अनेकन अलोकतान्त्रिक कामहरू गरेका छन् । नेपालको राजनीतिमा उनले गर्न नहुने जति सबै काम गरेका छन् । चाहे मुलुकको प्रधानमन्त्रीले नेपालको संसद्ले गरेको निर्णय सम्बधमा विदेशीसामु गएर माफी मागेको विषय होस् वा निर्वाचन घोषणा गरिसकेपछि प्रत्येक दिन निर्वाचन आचारसंहिता उलंघन गर्ने काम हुन् ।
चाहे कुनै एउटा पार्टी विशेषको उम्मेदवारलाई जिताउन विदेशी राजदूत नै मैदानमा खटिएको विषय होस् वा काम चलाउ बनेको सरकारले दीर्घकालीन महत्व राख्ने अनेक निर्णय गरेको सवाल होस् वा आर्थिक सहयताको नाममा निर्वाचनको मुखमा राज्यकोषको अर्बौ रुपैयाँ आफ्ना कार्यकर्तालाई बाँड्ने घटना होस् या लोकतन्त्र नै दरबारमा बुझाएको विषय होस् । यी सबै अलोकतान्त्रिक, अमर्यादित, अनैतिक, गैरकानुनी कर्म एउटा लोकतान्त्रिक भनिएको सरकारबाट भएका छन् ।
त्यतिमात्र होइन् उनले सुरासुन्दरीदेखी पजेरो संस्कृतिसम्म भित्र्याएका छन । उनले पार्टी र कार्यकर्तालाई मात्र होइन राष्ट्र र जनतालाईसमेत घात गरेका छन् । उनले न्यायालयमाथि आक्रमण गरेर एक नम्बरको प्रहरी अधिकृतलाई आईजीपी बन्न नदिई प्रहरी नियम मिचेर आफ्नो मान्छे ल्याएर आईजीपी बनाएर पैसा खाए ।
यस्ता काम गरेर देउवाले शक्तिमा रहँदा जे गर्न पनि छुट हुन्छ भन्ने सोचले राजनीतिक अपराध भित्र्याए । आफ्नो कामको विरोध गर्ने आफ्नै पार्टीका नेता कार्यकर्तालाई कारबाही गरे, पार्टी फुटाए र निर्वाचनमा आफ्ना विरोधीलाइ हराए । देउवाका यी अधिनायकवादी क्रियाकलाप हुन् । राष्ट्र बिगार्ने मूल कडी पनि यही हो ।
अधिनायकवादउन्मुख देउवा
सरकार निर्माण गर्ने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर दुवै परिणाम आइसकेको अवस्थामा संविधान र कानुनका शब्दहरूको कपटपूर्ण व्याख्या गर्दै अनेकखालका स्वार्थपूर्ति गर्न सरकारमा टाँसिरहने प्रवृत्तिलाई स्वाभाविक मान्न सकिन्न ।
सरकारमा बसेर आफैंले गराएको निर्वाचनबाट पराजित भइसकेपछि अविलम्ब नयाँ जनादेश पाएको शक्तिलाई सरकार निर्माण गर्न बाटो छोडिदिनु पर्नेमा हस्तान्तरण गर्न कानुनी बाटो नभएको भन्दै सत्तामा बसिरहनु राजनितिक नैतिकता होइन ।
यो सरकारले निर्वाचनपूर्व बहुमतीय आधारमा राष्ट्रियसभाको निर्वाचन गर्ने निर्वाचन आयोगले तयार गरेको विधेयकको मस्यौदा संसद्को राज्य व्यवस्था समितिमा पेस ग¥यो । राज्य व्यवस्था समितिले त्यसलाई पारित पनि ग¥यो । त्यसैबेला स्थानीय तहको निर्वाचनको नतिजा आयो । त्यो नतिजाका आधारमा कांग्रेसले आफूले हार्ने स्पष्ट देख्यो । त्यसपछि उसले संसद्मा एकल संक्रमणीय पद्धतिअनुरूप चुनाव हुनु पर्ने जिकिर गरेर विवाद खडा ग¥यो ।
संसद्को अन्त्य नहुन्जेलसम्म त्यही विवादमा बिताएर संसद् अन्त्यपछि आफ्नो एकलौटी योजनामुताविक अध्यादेश पेस ग¥यो । खेलमा हारिसकेपछि नियम बदलौं भन्न पाइन्छ ? कांग्रेस र शेरबहादुरले भनिरहेका छन् । उनको यो अधिनायकवादलाई टुलुटुुलु कसैले हेर्न सक्छ ?
भारतीय मतियार
देउवाले पार्टीका लागि मात्र होइन देश र जनताप्रति पनि धेरै घात गरेका छन् । उनी सत्ता स्वार्थका लागि बाह्य शक्तिको एजेन्ट बनेका छन् । उनको विवाह नै शक्ति राष्ट्रका राजदूतको संयोजनमा भएको थियो । यसले पनि उनका पछाडि को–को छन्,कस–कसले उनलाई प्रयोग गरी रहेका छन्,क–कसको आडमा राष्ट्रविरोधी कुकर्म गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ । यसलाई हेर्दा उनी यो मुलुक र जनताको हितमा काम गर्ने मान्छे नै होइनन्,सत्ता स्वार्थका लागि काम गर्ने लेण्डुप हुन भन्ने स्पष्ट हुन्छ । जसलाई राजा ज्ञानेन्द्रदेखि बाह्य शक्तिले समेत उपयोग गरिरहेको छ ।
देउवा कांग्रेसको सभापति बन्नुअघि दिल्ली भ्रमणदेखि चीनविरोधी दलाई लामाको कार्यक्रममा अतिथिसमेत बने । विदेशिकै इशारामा पहिलो कम्युनिस्ट सरकार ढाल्नेदेखि नेपालीलाई नाकाबन्दी लगाउँदा चुँसम्म नबोली जनताको दुःखमा हाँसेर बसे । नेपालको सार्वभौमिकतामाथि अक्रमण गर्न खोज्ने विस्तारवादीसँग मिलेर लोकतन्त्रवादी र विकासप्रेमी सरकार ढाले र आफू सत्तामा गए । प्रधानमन्त्री बनाई दिएवापत दिल्लीमै पुगेर कृतज्ञता प्रकट गरे । नाकाबन्दीको पक्षमा बोल्नेलाई डडेलधुरादेखि भक्तपुरसम्म टिकट बाँडे । यी सबै घटनाले देउवा भारतीय एजेन्ट हुन् भन्ने कुरामा दुईमत छैन ।
डनको सहारामा देउवा
निर्वाचनमा नराम्रोसँग पराजित भएको कांग्रेसभित्र अहिले रडाको मच्चिएको छ । कांग्रेसका अधिकांश नेताले देउवालाई हटाउन लबिङ सुरु गर्दै विशेष महाधिवेशनको माग गरेका छन् । रामचन्द्र पौडेल, प्रदीप पौडेल, गगन थापा धनराज गुरूङ, गुरु घिमिरे, कृष्ण सिटौला, प्रकाशमान सिंह, रामहरि खतिवडालगायतका नेताहरूले तीव्र विरोध गरेपछि त्यसको काउन्टर गर्न देउवाले गोप्य भेलामार्फत आफू नजिकका भातृ संगठनका नेताहरू नैनसिंह महर,बद्री सिग्देल, केशव निरौला,उमा रेग्मी, दीपक सोनी,खिलनाथ दाहाललगायतलाई प्रतिवादमा उतारेका छन् ।
उनीहरूले सभापतिलाई हटाउने विशेष महाधिवेशन नबोलाउने र पराजयको दोष सबैले बोक्नुपर्ने भन्दै देउवा बचाउको तयारी थालेका छन् । निर्वाचनमा शर्मनाक पराजय भएपछि नैतिकताका आधारमा राजीनामा दिनुको सट्टा उल्टै दिन्न भन्दै हप्काउनु ,सरकार बनाउन दिन्न,कुर्सी छोड्दिन मेराविरुद्धमा बोल्नेलाई कारबाही गर्छु भन्नु राजनीतिक बेइमानी हो ।
राष्ट्रियसभा निर्वाचन विधेयकमा देउवाको नियत
निर्वाचन कानुन बनाउने समय रहुन्जेल शेरबहादुर सरकारले विदेशीसामु संविधान संशोधनको वाचा गर्दै, त्यसैमा डम्फु बजाएरै बितायो । संसद् भंग नहुन्जेल कुरेर अध्यादेशमार्फत कांग्रेसको स्वार्थअनुसारको निर्वाचनसम्बन्धी विधि बनाउनु प्रजातान्त्रिक मान्यताअनुकुल छ ? निर्वाचनको तत्कालीन परिणाम हेरेर आफ्नो दलको हित हुने गरी नियम निर्माण गर्न खोज्नु यो कस्तो लोकतन्त्रको अभ्यास हो ?
कामचलाउ हैसियतको सरकारले जाँदाजाँदै संसद्लाई छलेर पेस गरेको अध्यादेश राष्ट्रपतिले आँखा चिम्लेर लालमोहर लगाउन मिल्दैन । त्यसमाथि राष्ट्रपतिसँग अध्यादेश खारेज गर्नेसम्मको अधिकार छ । विधायिका चुन्ने त्यस्तो अध्यादेशबाट जारी कानुन नयाँ संसद्ले अस्वीकार ग¥यो भने संवैधानिक प्रणाली कहाँ पुग्छ ? त्यसैले राष्ट्रपतिले सम्बन्धित दलहरूसँग परामर्श नगरी अध्यादेश स्वीकृत गर्नु उचित देखिदैन ।
संविधानले संसद्बाट पास भएको विधेयक राष्ट्रपतिले निश्चित समयभित्र स्वीकृत गर्नुपर्छ भनेको छ । संसद् नभएका बेला सरकारले स्वेच्छाचारी ढंगले ल्याएको विधेयक जस्ताको त्यस्तै पास गर्नु पर्छ भन्ने बाध्यत्मक व्यवस्था संविधानमा छैन । संसद् नभएका बेला सरकार स्वेच्छाचारी नबनोस् भनेरै राष्ट्रपतिलाई चेक गर्ने त्यो अधिकार संविधानले दिएको हो ।
अध्यादेश पास गर, हैन भने सरकार छोड्दिन भनेर राष्ट्रपतिलाई अलोकतान्त्रिक र मर्यादा नाघेर धम्क्याउनुको सट्टा दलहरूको सहमति खोज्ने कुराको अगुवार्ई सरकारले गर्नु पर्छ र निष्कर्षमा पु¥याउनु पर्छ । यदि त्यसो नगर्ने हो भने ताजा जनादेशबमोजिम नयाँ सरकार गठनको बाटो तत्काल खुला गरेर नयाँ सरकारलाई राष्ट्रियसभा निर्वाचनसम्बन्धी काम पूरा गर्ने जिम्मेवारी छोड्नु पर्छ ।
समानुपातिकमा देउवाको किचलो
राष्ट्रियसभा र प्रतिनिधिसभामा निर्वाचित हुने महिलाको संख्या एकमा नपुगे अर्कोबाट भर्पाई गर्नुपर्छ भन्ने नयाँ बखेडा झिकेर विवादलाइ पेचिलो बनाउन खोजिएको छ । प्रतिनिधिसभाले प्रत्यक्षबाट ३३ प्रतिशत पुग्न नसके त्यसको परिपूर्ति समानुपातिकबाट गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । त्यसका लागि समानुपातिक सूची बुझाउँदै संख्या पुगे नपुगेको रूजु गर्ने व्यवस्था छ । त्यस्तै राष्ट्रियसभामा पनि महिलालगायत अल्पसंख्यक र अपांगको समेत कोटा तोकेकोछ ।
प्रतिनिधिसभाको नतिजा सार्वजनिक नगर्न र प्रतिनिधिसभाको चुनावपछि सरकार गठनको उसको दायित्वबाट रोक्ने उद्देश्यले राष्ट्रियसभामा महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिनिधिसभाको नतिजा त्यसबेलासम्म सार्वजनिक नगर्ने नयाँ बखेडा झिकिएको छ । राष्ट्रियसभा नामको दुई सदन भएको संघीय व्यवस्थापिकामा कम्तीमा ३३ प्रतिशत महिला हुनु पर्छ भन्ने संविधानको धारा भिन्न प्रणालीबाट निर्वाचित हुने पृथक सदनको निर्वाचनसँग लगेर गाँस्न खोजिएको छ । यसले हरेक पाइलामा संवैधानिक संकट खडा गर्ने उद्देश्य राखेको देखिन्छ ।
अब देउवाले गर्नु पर्ने काम
अब निर्वाचन आयोगले प्रतिनिधिसभामा राष्ट्रिय दलहरूबाट ३३ प्रतिशत महिला हुने गरी बन्दसूचीबाट निर्वाचित गरेर प्रतिनिधिसभाको निर्वाचन परिणाम अबिलम्ब घोषणा गरेर राष्ट्रपतिलाई नयाँ सरकार गठन गर्ने मार्ग प्रशस्त गर्नु पर्छ । वर्तमान शेरबहादुर सरकारले संविधानमा गाँठो कस्ने नियतले अनावश्यक विषय उठाएर मुलुकको लोकतन्त्रमाथि आक्रमण गर्ने होइन, ताजा जनादेशअनुसार सत्ता छोड्न तयार हुनु पर्छ । त्यसपछि बनेको नयाँ सरकारले राष्ट्रियसभाको निर्वाचन गर्ने काम गर्छ । यसैमा जनताको हित छ तर मुख्यतः कांग्रेसको आफ्नै बढी हित छ ।
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत गुमाइसकेको नेपाली कांग्रेसले अध्यादेशको दुरुपयोग गरेर राष्ट्रपतिलाई समेत विवादमा तान्ने प्रयास गरेको बताउनु भएको छ । उहाँले दल विशेषका लागि अध्यादेश ल्याउने अभ्यास दुनियाँमा कतै पनि नभएको भन्दै त्यसमार्फत राष्ट्रपतिलाई विवादमा नतान्न सरकार र कांग्रेसलाई चेतावनी दिनुभएको हो ।
राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश रोक्नु असंवैधानिक भनेर भ्रमको खेती गर्न खोजिएको छ ।
दल विशेषका लागि अध्यादेश लगिंदैन’ काठमाडौ जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितहरूलाई बधाई दिन आयोजित कार्यक्रममा बुधबार उहाँले भन्नुभयो, ‘राष्ट्रपतिलाई विवादमा तान्ने काम गलत भइरहेको छ । निर्वाचनमा पराजित भएपछि आफूअनुकुलको प्रावधानसहित अध्यादेश लगेर स्वीकृत गर्न सरकारले दबाब दिनु अप्रजातान्त्रिक हो । म सबैलाई प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्न र नैतिकतामा बस्न आग्रह गर्दछु ।
जनमत गुमाइसकेको सरकारले आफूअनुकुलको प्रावधानसहितको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश ल्याएर जनमतको अपमान गरेको उहाँले बताउनु भयो । ‘सरकारमै बस्ने, अनि जनमत नमान्ने ? अभिमत नमान्ने हुन्छ ?’ ओलीले भन्नुभयो, ‘मैले हारँे, त्यसकारण अब एकल संक्रमणीय भनेर अर्को बाटो जानुपर्छ भन्न पाइन्छ ? दुनियाँमा यस्तो कतै हुन्छ ?’
जनमतको अपमान गर्दै सरकार गठनको प्रक्रिया नरोक्न चेतावनी दिंदै उहाँले त्यसो भएमा जनताले कांग्रेसलाई थप नंग्याउने बताउनु भयो । ‘प्रतिनिधिसभा र राष्ट्रियसभा फरक हो । सरकारले यसरी नै दुरुपयोग गर्दै जान्छ भने हेर्दै जानुहोस् हामी कसरी अघि बढ्छौं’ उहाँले भन्नुभयो, ‘यदि कांगे्रसले अध्यादेशको यसरी दुरुपयोग गर्छ भने कांगे्रसलाई यसले थप नंग्याउनेछ । जनताले यो भन्दा बढी नंग्याउनेछन्, कांग्रेसलाई हेक्का रहोस् ।’
उहाँले एमालेले प्रतिपक्षमा नै बसेर अत्यधिक बहुमतसहितको जनमत ल्याएको बताउँदै उहाँले भन्नुभयो ‘हाम्रो यो जित प्रतिपक्षमै बसेर ल्याएको हो । ‘निट एण्ड क्लिन’ जनमत हो ।’
उहाँले काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभासहित गरेर २० मध्ये १६ मा एमालेले विजय हासिल गरेको उल्लेख गर्दै त्यसले काठमाडौंको जनमत वाम शक्तिको पक्षमा रहेको प्रष्ट भएको बताउनु भयो । ‘हामीले यहाँ ८० प्रतिशत जित्यौं । अब कसको उम्मेदवारले जित्यो भन्ने छैन । वाम गठबन्धनले जितेको हो । यो गठबन्धनको जित हो’ उहाँले भन्नुभयो ।
एमाले र माओवादी केन्द्रबीचको तालमेल र एकतालाई भाँड्न नेपाली कांग्रेस लागेको उल्लेख गर्दै अब कम्युनिस्ट शक्तिलाई फुटाउने खेल सफल नहुने बताउनु भयो । ‘अहिले कांग्रेसले नजिक आएर मायाले किस गर्न खोजेको जस्तो गर्दैछ । त्यो गैंडाको जिब्रोले किस गरेजस्तै हो । गैंडाको जिब्रोले चाट्दा छालामात्र होइन, मासु नै लुँड्याएर लान्छ’ ओलीले भन्नुभयो, ‘अहिले एकथरि गैंडा यसो किस गरौं न त भन्दै आएका छन् । हामीले बुझ्या छैनौं र ? त्यसमा अब कोही पर्दैन ।
उहाँले वाम शक्तिलाई फुटाउने प्रयास अब इतिहास भएको र त्यो संभव नभएको बताउनु भयो । वाम शक्तिलाई जनताको बहुदलीय जनवादको धागोले जोडेको भन्दै अब त्यही धागोले समृद्ध नेपाल निर्माण गर्ने बताउनु भयो । ‘मालाका लागि धागो चाहिएको थियो । जबज त्यही धागो हो । अहिले जुन अवस्थामा हामी आएका छौं, त्यो अब थप प्रभावकारी बनाएर जान्छौं । अब त्यो छाड्नु हुँदैन ।’ उहाँको भनाई थियो । उहाँले निर्वाचित सांसदहरूलाई इमान र असीमित नैतिकता प्रदर्शन गरेर काम गर्न सुझाव दिनुभयो । ‘अब एक इन्च समय पनि, एक सेकेन्ड समय पनि पनि खेर नफाल्नुहोस्, हरेक ढंगले अब अघि बढ्न तयार हुनुहोस् । एक रुपयाँ पनि नखानुहोस, इमानमा तलमाथि भयो भने मलाई सह्य हुँदैन’ उहाँले भन्नुभयो । वाम गठबन्धनले हालै राजधानीमा आयोजना गरेको काठमाडौं जिल्लाका सभासदहरूलाई सम्मान कार्यक्रममा ओलीले उक्त विचार व्यक्त गर्नु भएको हो । -छलफलबाट साभार


