मुख नसम्हाले २ नं प्रदेशको जेलको पहिलो कैदी ओली हुनेछन् : आङ्काजी शेर्पा (भिडियोसहित)
संघीय समाजबादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले मेरो अनलाइन टिभीसंग कुरा गर्दै राखेको धारणा निम्नानुसार छ:
बर्गीय विभेदको अन्त्यले मात्रै नेपालमा समानता , बिकाश र सम्बृद्धि नहुने भएको हुदा कम्युनिष्ट राजनीति छोडेर पहिचानको मुद्दा उठाएको बताएका छन् र पहिचानको मुद्दा नेपाली समाजमा स्थापित भएको छ ढिलोचाँडो मात्रै हो पहिचान सहितको संघिय राज्य ब्यबस्था प्राप्त भएर नै छाड्ने जीकर गरेका छन नेता शेर्पाले ।
केपी ओली जस्ता नेताले प्रधानमन्त्री हुदा विचार नै नगरिकन बोल्दा देशमा धार्मिक, जातीय , क्षेत्रीय युद्दसम्म हुन् सक्ने अवस्था आउने हुदा ओली जस्तो नेताले होस् पुर्याएर बोल्नु पर्ने बताएका छन् । ओली भन्दा प्रचण्ड प्रधानमन्त्री भएमा देशमा स्थिरता हुने जोड दिदै संबिधान संसोधनमा प्रतिबद्धता जनाए प्रचण्डले नेतृत्व गर्ने सरकारमा फोरम नेपाल सामेल हुने कुरा बताए साथै यथास्थितिमा ओलीले नेतृत्व गर्ने सरकारमा फोरम नेपाल नजाने पनि जानकारी गराए । कुराकानीको क्रममा ओलीप्रति उग्र हुदै प्रदेश नम्बर २ को हुनेवाला गृहमन्त्रीले ओलीलाई जेल पनि हाल्न सक्ने र प्रदेश नम्बर दुईको जेलको पहिलो कैदी पनि ओली नै हुनसक्ने बताए । मधेशी जनतालाई भारतीय बिहारी, जनजाती आदिवासीलाई बाँदर भन्ने पहिचान बिरोधि केपी ओली नेपालको प्रधानमन्त्री बन्नु नहुने विचार राखे ।
कुराकानीमा नेता शेर्पाले आजको दिन सम्म आफुले क्षेत्री-बाहुनलाई कहिले पनि गालीगलौज नगरेको दाबि गर्दै यदी त्यस्तो प्रमाणित गरेमा १६ लाख नगद पुरुस्कार दिदै सार्बजनिक जीवनबाट सदाको लागि सन्यास लिने उद्घोष गरेका छन् । देशको शासकवर्गलाई देखाएको आक्रोशलाई क्षेत्री-बाहुन बिरुद्धको अभिव्यक्ति मान्न नहुने तर्क राख्दै नेता शेर्पाले नेपालको शासन ब्यबस्थामा एकल जातीय नश्लको निरन्तरता रहेको बताए । हेर्नुस भिडियो


