नेताका गर्लफ्रेन्डदेखि श्रीमतीसम्म सांसद बन्ने चलखेलमा

काठमाडौं, ११ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतफृको सिट बाँडफाँड नगरेपछि पार्टीहरुभित्र समानुपातिक सांसद बन्न चलखेल सुरु भइसकेको छ । नेताका गर्लफ्रेन्डदेखि श्रीमतीसम्म सांसद बन्ने चलखेलमा लागेका छन् । केही त पैसा खर्च गरेर सांसद बन्ने धुनमा रहेको दृष्टीन्यूजले लेखेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४० तथा माओवादी केन्द्रले १५ सिट पाउनेछ । त्यस्तै राजपा र संघीय समाजवादी फोरमले ७÷७ सिट पाउनेछन् ।

राष्ट्रियसभाको अध्यादेशलाई देखाउँदै निर्वाचन आयोगले आधिकारिक रुपमा सिट बाँडफाँड गरिसकेको छैन । तर, पनि समानुपातिकको दौडधुप भने चलिरहेको छ ।

एमालेबाट २ जनामात्र पुरुष सांसद बन्नेछन् । जसका लागि २० भन्दा धेरै लबिङमा छन् । तर, एमालेबाट दलित तथा मुस्लिम पुरुषले अवसर पाउने सम्भावना छ ।

एमालेबाट महिलातर्फ भने ठूला नेताका श्रीमती र आफन्तहरु समेत समानुपातिक सूचिमा छन् । उपाध्यक्ष वामदेव गौतमकी श्रीमती तुलसी थापा, शंकर पोख्रेलकी श्रीमती सुजिता शाक्य, पार्टीको निर्वाचन विभागका प्रमुख सोमनाथ प्यासी समानुपातिकमा रहँदा उनकी बहिनी प्रभा कोइराला, कृष्णगोपाल श्रेष्ठकी श्रीमती विना श्रेष्ठ, सुवास नेम्वाङकी बहिनी विजय सुब्बा समानुपातिकमा सूचीमा छन् । माओवादी केन्द्रमा पनि धेरै नेताका श्रीमती समानुपातिक सूचीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल नै समानुपातिक सूचीमा छन् । माओवादीका नेता वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीमगर, देब गुरुङकी श्रीमती यशोदा सुवेदी, हितमान शाक्यकी श्रीमती अमृता थापामगर, तेजप्रसाद ओलीकी श्रीमती जुनकुमारी रोका, शक्ति बस्नेतकी श्रीमती सत्या पहाडी समानुपातिकमा छन् ।

कांग्रेसका नेता बालकृष्ण खाँड र श्रीमती मञ्जु खाँड दुवै जना समानुपातिक सूचिमा छन् । त्यस्तै राजपा नेपालका नेता शरदसिंह भण्डारीकी प्रेमिकाका रुपमा चिनिने निर्जला राउतलाई जसरी पनि समानुपातिक सांसद बनाउन पार्टीभित्र लबिङ सुरु गरिसकेका छन् । यसअघि पनि उनले निर्जलालाई सांसद बनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।