‘मुख्यमन्त्री भएपछि १ नम्बर प्रदेशलाई बंगलादेश र भुटानसँग जोड्छौँ’ : शेरधन राई

एमाले नेता शेरधन राई एक नम्बर प्रदेशको मुख्यमन्त्रीको दावेदार हुन्। एमालेको केन्द्रीय स्तरका नेता भएको र पटक-पटक मन्त्री सांसद भइसकेका कारण आफू एक नम्बर प्रदेशको मुख्यमन्त्रीको स्वभाविक दाबेदार भएको राईको भनाई छ।माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा बोल्दै नेता राईले उक्त कुरा बताएका हुन्।

आफू संचारमन्त्री हुँदा उल्लेख्य काम गरेको र ति कामले संचारको क्षेत्रमा फड्को मार्न सहयोग गरेको र संचारमन्त्रीको रुपमा अहिलेसम्मकै विवादरहित एक्लो मन्त्री भएको राईको दावी छ।

केन्द्रिय र ६ वटा प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने भएकाले केन्द्रिय संसदबाट बनाईने ऐनहरु,अधिकारका परिभाषाहरु र प्रदेशबाट बनाउने ऐन,कानुनहरु र तोकिएका अधिकारका प्रयोगहरुको सन्दर्भमा केन्द्र र प्रदेशमा बाम गठबन्धनको सरकार हुने भएकाले कुनै टकरब नहुने राई बताउँछन्।

संविधान जारी हुँदै गर्दा मुख्य दलहरुको बिचमा बनेको सोह्र बुँदे समझदारी सबैभन्दा पहिला कांग्रेसले उल्लंघन गर्यो,भारतीय नाकाबन्दीमा समेत केहि बोल्न नसक्ने देखि लिएर प्रधानन्यायधिश माथी महाअभियोग,डिआइजी सिलवाल माथीको आक्रमण देखि लिएर देश र जनताको हित र स्वार्थलाई लत्याएको कारण कांग्रेस पतन भएको आरोप राईले लगाए।

प्रदेश नम्बर एक प्राकृतिक स्रोत,साधनले अत्यन्तै धनी र सुन्दर छ र कृषिको लागी उर्वर भूमि हो। यसले चीन र भारतसँग मात्रै होइन,भुटान र बंगलादेशसँग सिधा सम्पर्क राख्न सक्ने एकैदिनमा सडक संजालको माध्यमबाट बंगलादेश र भुटान जोडिन सक्छ। एक नम्बर प्रदेशलाई प्रकृतिले सुन्दर उपहार दिएको छ र त्यो उपहारलाई सजाउने र ब्यबस्थित गर्ने काम आफूले गर्ने राईले बाचा गरे। हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।