जहाजको ककपिटमा बसेका देउवाको तस्बिर भाइरल, आखिर के हो वास्तविकता ?

कालो टोपी, तिलचाम्रे कपाल, काँधमा फूलका केस्रा, जहाजको ककपिटमा बसेका उनी हुन् प्रधानमन्त्री शेरबहादुर देउवा । तीनै तहको निर्वाचन सफलतापूर्वक गराएर राजनीतिक संक्रमणलाई सफल अवतरण गराएका देउवाको यो तस्बिर हेर्दा जोकसैलाई जिज्ञासा उत्पन्न हुन्छ । विमानको पाइलट बस्ने सिटमा आखिर के गर्दैछन् प्रधानमन्त्री देउवा ?

सामाजिक सञ्जालमा भेटिएको यो तस्बिर धनगढीस्थित एयरक्राफ्ट म्युजियमको हो । तस्बिर हेर्दा देउवाको अनुहारमा उत्सुकता मात्रै होइन्, प्रशन्नतासमेत देखिन्छ । पाइलटले विमान कसरी उडाउँदा रहेछन् भनेर देउवाले जान्न खोजेको प्रस्ट हुन्छ ।

सुदूरपश्चिमको दुर्गम जिल्ला डडेल्धुरामा जन्मिएका देउवा मुलुकको चारपटक प्रधानमन्त्री भइसकेका छन् । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि उनी पदत्याग गर्ने चरणमा छन् । संविधान कार्यान्वयनलाई निर्वाचन परिणामपछि पदत्याग गर्ने चरणमा पुगेका उनको यो तस्बिर सार्वजनिक भएको छ । असहज अवस्थामा पनि सहज रूपमा निर्वाचन गराएको उनी केही दिनभित्रै राष्ट्रिय सभाको निर्वाचन गराएर नयाँ सरकारलाई मार्गप्रशस्त गर्दैछन् ।

निर्वाचनमार्फत करिब सात दशकयता जरो गाडेर बसेको अस्थिरताको अन्त्य गर्दै उनले समृद्धिको उडान भर्न मैदान तयार गरिदिएका छन् । र, जहाज स्टार्ट गरिदिने तयारी गर्दैछन् । उनले तयार गरिदिएको मैदान र स्टार्ट गरेर छोडिदिएको जहाजमार्फत बहुमत ल्याएको बाम गठबन्धनले समृद्धिको उडान सफतापूर्वक भर्ला ? यो प्रश्नको जवाफ आगामी दिनमा अवश्य मिल्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।