‘आमा बुवालाई बन्धकी राखेर माछा पालन गरेँ, नीतिका कारण २ करोड रुपैया डुब्यो – अब म आत्महत्या गर्छु !’ (भिडियो सहित)
काठमाडौं, १२ पुस । सरकारको किसान मुखी नीति नभएका कारण नुवाकोटका एक किसान आत्महत्या गर्ने मनस्थितिमा पुगेका छन् । किसानका १५ टन भन्दा बढी माछा वजारको अभावमा मरेर गए ।
पाण्डे कृषि फर्म नुवाकोटका युवराज पाण्डेको १५ टन भन्दा बढी माछा मरेका छन् । उनले सरकारी नीतिका कारण आफ्नो करौडां रुपैष डुवेको भन्दै आफुसंग आत्महत्या गर्नुको विकल्प नभउको बताए । उनी पत्रकार सम्मेलनमा मरेका माछा नै बोकेर आएका थिए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पाण्डेले बजार अभावका कारण माछा मरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
उनले भने,‘मेरो तीन पुस्ता ऋणको एउटै चिहानमा पिसिनुपर्ने बाध्यता आएको छ, अहिले मेरो पोखरीमा ४० टन जिउँदा माछाहरु छन्, १५ टनभन्दा बढि माछा मरिसकेका छन्, यस्तो स्थिति आईलाग्दा मैले आत्महत्या गर्नुको विकल्प छैन।’ उनले अघि थपे,‘मेरो त तीन पुस्ते अब हामी एउटै चिहान हुनेभयां, एक कार्टुन माछा बोकेर आएको छु, तपाईले खाईदिनुस र सरकारसमक्ष मेरो दुःखलाई सुनाइ दिनुहोस्।’
पाण्डेले भने,‘मैले सरकारसँग सोधेरै यो व्यवसाय गरेको हुँ, माछा उत्पादनको जिम्मा लिएको पहिलो वर्ष र दोस्रो वर्षमा दुःखमात्रै पाईयो, पछिल्लो वर्षमा निक्कै दुःख गरेर माछा उत्पादन गरियो तर आजको दिनमा सरकारले बिषादियूक्त माछाहरु बजारमा खुलेआम बेच्ने वातावरण बनाई दिएको छ, हामीले पोखरीमा उत्पादन गरेको माछालाई उपयूक्त बजार नदिने गर्नाले यस्तो दुरदिनको शिकार हुनुपरेको छ।’
६० लाख बैंकबाट ऋण लिएको र ५४ लाखको दाना खुवाई सकेको बताउदै पाण्डे ब्याज तिरेर पछिल्लो पुस्तालाई ऋण नबोकाई मर्ने वातावरण निर्माण गरिदिन सरकारसँग माग गरे ।
८० वर्षे बाबा ७६ वर्षीया आमालाई बन्दकी राखेर माछा पालन गरेको बताउँदै तत्काल सरकारले पोखरीको माछालाई उपयूक्त बजार दिन नसके आफू आमरण अशसन बस्ने उनले चेतावनी दिए ।
५३ वर्षीय पाण्डेले आफ्नो पैत्तृक सम्पति र बैंकबाट लोन गरि दुई करोड बढिको लगानी गरेको सुनाए । माछा पालनको र बिक्रिको लागि कालिमाटी बजार र कुलेश्वर बजार लगायतका सबै बजार धाएपनि कर्चा कमिशनले गाँजेको दुखेको पोखे ।


