​गुण्डा नाइकेको सल्लाहमा सुटुक्क क्रसर उद्योगको अनुमति

ललितपुर, १४ पुस । गोदावरी नगरपालिकाले लेले, छम्पी, देवीचौर र नल्लु क्षेत्रमा तीनवटा खानी र १५ वटा क्रसर उद्योगलाई सञ्चालन गर्न अनुमति दिएको बिषय विवादमा परेको छ ।

नगर कार्यपालिकाकाको निर्णय बेगर नै गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गुण्डानाइके मीनकृष्ण महर्जनको योजनामा क्रसर उद्योगलाई सुटुक्क अनुमति दिएको खुलासा भएको छ ।

महर्जन यसअघि पनि क्रसर उद्योगको बिषयमा पटक पटक विवादमा पर्दैआएका छन् । क्रसर उद्योगकै बिषयमा बाहुन डन र महर्जनबीच गोली नै हानाहान भएको थियो । अहिले तिनै मिनकृष्णका निकट मेयर गजेन्द्र महर्जनले सुटुक्क क्रसर उद्योग संचालन गर्न अनुमति दिएका छन् ।

नगरपालिका सञ्चालनको नियमावली र कार्यविधि नै बनिनसक्दै खानी संचालनको अनुमति दिइएपछि मेयर महर्जन विवादमा परेका छन् ।

मेयर महर्जनले अनुमति दिएका खानी उद्योगहरुमा लेलेस्थित निराकार ढुंगा रोडा उद्योग, छम्पीस्थित विनायक एग्रिगेट प्रा।लि, छम्पीस्थित सजिलो ढुंगा रोडा उद्योग छन् । डोटेल विवादित ब्यवसायी हुन् ।

अन्य अनुमति पाउने क्रसर उद्योगहरुमा सांग्रिला कंक्रिट एलाइट इष्टष्ट्रिज प्रालि, शक्ति स्टोन क्रसर प्रालि, कान्तिपुर रोडा ढुंगा उद्योग, मनकामना एग्रिगेट इन्डष्टिज, पर्वत रोडा ढुंगा उद्योग, छम्पीमाई ढुंगा रोडा उद्योग, सजिलो ढुंगा रोड उद्योग लगायत १५ वटा रहेका छन् । – दृष्टीन्यूजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।