एमालेमा जाँदै जान्न, बरु नयाँ पार्टी खोल्छु : गोपाल किराती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन् । वाम एकताप्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नभए मधेस आन्दोलन, पुनिर्निर्माण र शान्ति प्रक्रियाको विषयमा धारणा लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिने उनले बताए । माओवादी केन्द्रका सचिवालय सदस्य किरातीले छुट्टै ‘आठौं महाधिवेशन समुह’ गठन गरेर एमाले जस्तो दक्षिणपन्थी पार्टीसँग माओवादी विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिएका छन् ।

आठौं महाधिवेशन समुह मार्फत नेता किरातीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ समक्ष राष्ट्रिय महाधिवेशनको माग गर्दै १० बुद्धे मागपत्र प्रस्तुत गरेका छन् । मागपत्रमा माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एमालेसँग विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिइएको छ । किरातीको मागपत्रमा भनिएको छ, ‘माओवाद र पहिचानको मुद्दा धरापमा पारेर पार्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससँग सम्बधविच्छेद गरी आफ्नो सर्वहारा वर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।’

माओवादी नेता किरातीको मधेशवादी दलसँग निकटता देखिएको छ । प्रचण्डलाई बुझाएको मागपत्रमा संघीय गणतन्त्र नेपालको प्रदेश २ मा मधेस सरकार बन्ने कुराको किरातीले स्वागत तथा समर्थन गरेका छन् । न्यूज२४ बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।