परदेशमै मरे भने : परिवार छोडेर परदेश पुगेका संचारकर्मी सुवास प्रवासबाट भावुक हुँदै यसरी सम्झे घरदेश ! (भिडियो सहित)

काठमाडौं । दाङ घर भएका लेखक तथा संचारकर्मी सुबास शर्मा हाल युएईमा रोजगारी गर्छन । युएईबाटै पत्रकारिता क्षेत्रमा पनि कलम चलाई रहेका छन् तर यसपाली भने उनि त्यहि प्रबासी भुमिबाटै ‘रङ्ग कर्मी कलाकार’ बनेका छन् ।

बुढा सुब्बा डिजिटल प्रालिले बजारमा ल्याएको म्युजिक भिडियो ‘परदेशबाट आयो यस्तो खबर’ मा पत्रकार शर्माको मोडलिङ रहेको छ । भिडियोमा सुबासले भावुक हुदै आफ्नो घरदेश सम्झेका छन् । उक्त म्युजिक भिडियोमा गोपाल नामीले स्वर दिएका छन् भने म्युजिक भिडियोको निर्माण पनि आफ्नै रहेको छ ।

त्यसैगरी अनिश श्रेष्ठको संगीतमा रहेको गितमा केशव कटवालको भिडियो निर्देशन रहेको छ ।

पहिलो पटक मोडलिङमा पाइलो टेकेका सुबास शर्माको म्युजिक भिडियोमा देशका श्रमिक युवाहरुको भोगाई तथा दु:ख दर्दलाई चित्रण गरिएको छ। मोडलिङका मुख्य पात्र सुबास शर्मालाई कलाकार मेनुकाले साथ् दिएकी छिन । हेर्नुहोस म्युजिक भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।