आँखा जचाउन गएकी महिलालाई अस्पतालले एचआईभी संक्रमित भनेपछि…
काभ्रेपलाञ्चोक । घरनजिकैको अस्पतालमा आँखा जचाउन गएकी एक महिलालाई अस्पतालले एचआईभी संक्रमित भनेपछि उनले करिब २४ घण्टा मानसिक तनाव जेलिन् । आँखाको उपचार गराउन आएकी उनलाई रगत परीक्षण गर्ने रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालले एक्कासि एचआईभी भएको रिर्पाेट देखाएको थियो । तर उनी लगत्तै धुलिखेल अस्पताल जाँदा उनलाई एचआईभी पोजेटिभ केही पनि देखिएन ।
संक्रमण नै नभएको व्यक्तिलाई संक्रमण भएको मानसिक तनाव अस्पतालले दिएर धुलिखेल अस्पतालवाट रिर्पाेट आउन लाग्ने समय २४ घण्टामा महिलाले ठूलो मानसिक समस्या बेहोर्न बाध्य भइन् ।
उनलाई अस्पतालले एड्सको पुष्टी गरेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले उपचार गर्न आनाकानी गर्दै हल्लीखल्ली गरेका थिए । उनीहरूले आफ्नो उपकरणमा समस्या आएको छ कि भनेर दोहोरो रगतको परीक्षणसमेत गराएनन् । सबै स्टाफहरूलाई बोलाएर एड्सएड्स भन्दै हल्लासमेत गरेकोमा उनी मानसिक समस्यामा परेको बताउँछन् । एचआईभी नभएकी निरोगी महिलालाई एचआईभी एड्स भएको पुष्टि गर्दै अनर्गल प्रचार गरिएपछि पीडित महिलामा एक दिन मानसिक रूपमा पीडित बनेको उनले गुनासो गरिन् । सुरुमा सामान्य अवस्थामा रहेको समयमा अस्पतालमा कार्यरत कर्मचारीहरूले पन्जाबिना रगत झिकेकोमा एड्स भने पनि डबल पन्जा लगाएर आफूलाई छोएको उनले सुनाइन् । ‘मलाई एड्स छैन भन्नेमा ढुक्क थिएँ, तर एड्स संक्रमितलाई स्वास्थ्यकर्मीबाटै अभद्र व्यवहार हुने रहेछ भन्ने बल्ल बुझें,’ उनले भनिन् ।
श्रीमान् र श्रीमतीको बीचमा पनि सहमति वा सम्बन्धित व्यक्तिको स्वीकृतिमा मात्रै खुलाउनुपर्ने गोपनीयताको कुनै ख्याल नराखी सो अस्पतालले सार्वजनिक रूपमा सो रिपोर्ट सार्वजनिक गर्दै उपभोक्ता अधिकार र गोपनीयताको हकमाथि गम्भीर खेलबाड गरेको उनको आरोप छ । यस्तो अवस्थामा अस्पतालले आम माफी माग्नुपर्ने र पुष्टि गर्ने स्टाफलाई कारबाही नगरे सम्बन्धित व्यक्ति अदालत जान सक्ने कानुनी व्यवस्था भएको अधिकारकर्मीहरूले बताएका छन् ।
काभ्रेकी ती महिलालाई एचआईभी एड्स लागेको पुष्टि अस्पतालले गरेपछि ती महिलाले अस्वीकार गर्दै धुलिखेल अस्पतालमा पुनः रगत परीक्षण गराएकी थिइन् । धुलिखेल सामुदायिक अस्पतालमा परीक्षण गरेपछि अस्पतालका डाक्टरहरू बसेर पीडित महिलालाई एचआईभी नभएको पुष्टि गरेका थिए । धुलिखेल अस्पतालले पीडितका परिवारलाई सम्झाउँदै भ्रमका कारण मानसिक रूपमा विचलित नहुन र बाहिर सार्वजनिक नगर्न सुझाएका थिए । धुलिखेल अस्पतालका स्वाथ्यकर्मीहरूले चिकित्सकको लापर्बाहीका कारण गलत रिपोर्ट बाहिर ल्याएकाले पीडितलाई चिन्तित नहुन सुझाएका थिए ।
अस्पतालले व्यक्तिको गोपनीयताको हक उल्लंघन गरी नभएको रिपोर्ट बाहिर ल्याएर गम्भीर अपराध गरेको कानुनविदको भनाइ छ । अस्पतालको लापर्बाहीका बारेमा अस्पताल सञ्चारक समितिका अध्यक्ष मधुप्रसाद आचार्यले उपचारमा संलग्नलाई कारबाही गरिने बताए । अस्पतालका कर्मचारीले गम्भीर गल्ती गरेको उनले स्वीकार गरेका छन् । राजधानी


