माओवादी नेताहरुको घेराबन्दीमा प्रचण्ड ! : नत्र एमालेसँग एकता नगर्न दबाब !

काठमाण्डौ, १३ पुस । नेकपा माओवादी केन्द्रका नेताले एमालेसँग पार्टी एकता गर्ने भए सरकार वा पार्टीमध्ये एकको नेतृत्व आफूले पाउने गरी मात्र सहमति गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब दिएका छन् ।

बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकमा बोल्ने अधिकांश नेताले सरकार र पार्टीको नेतृव आलोपालो हुनुपर्नेमा जोड दिए । नेता मणि थापाले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने दुई पार्टीबीचको पूर्वसहमतिअनुसार अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिइएको जानकारी दिए । ‘सरकारमा र पार्टीमा आलेपालो गर्ने सहमति भएकै हो’, थापाले भने, ‘पार्टी एकता सम्माजनक हुनुपर्छ भन्ने हाम्रो सुझाव रह्यो ।’अर्का नेता देवेन्द्र पौडेलले पनि एमाले र माओवादीमध्ये सरकार वा पार्टी नेतृत्व आलोपालो गर्दा एकता प्रक्रियालाई सहज र सम्मानजनक रुपमा अघि बढाउन सजिलो हुने बताए ।

‘जनताबाटै अनुमोदित भइसकेको अवस्थामा एकताको विषय बहसको विषय बन्न सक्दैन’, पौडेलले भने, ‘केपी ओली र अध्यक्ष प्रचण्डबीच सरकार र पार्टी नेतृत्वमा आलोपालो हुनुपर्छ ।’ उनले प्रधानमन्त्री ओली भए अध्यक्ष प्रचण्ड र प्रचण्ड प्रधानमन्त्री भए ओली पार्टी अध्यक्ष हुनुपर्ने विचार बैठकमा आएको बताए । ‘एमालेले रोजेर लिए हुन्छ’, उनले भने, ‘एक नेता पार्टी अध्यक्ष र एक प्रधानमन्त्री हुँदा एकता सम्मानजनक हुन्छ ।’

उनले बाम गठबन्धनको बहुमत आइसकेको अवस्थामा राष्ट्रिय सभा गठनको किचलोमा फस्न नहुने र काँग्रेसलाई सहमतिमा ल्याएर नयाँ सरकार गठनको वातावरण निर्माणमा लाग्नुपर्ने निस्कर्ष बैठकले निकालेको पनि जानकारी दिए । बैठकमा नेताहरु रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन, देवेन्द्र पौडेल, मणि थापालगायतले सरकार वा पार्टीमध्ये एकको नेतृत्व आफूहरुले गर्नुपर्नेमा जोड दिएका थिए । – काठमाण्डु टुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।